एजेन्सी । विश्वकप फुटबल अन्तर्गत स्विटजरल्याण्डबिरुद्धको पहिलो हाफको खेलमा ब्राजिलले १–० को अग्रता लिएको छ । खेलको २० औ मिनेटमा फिलिपे कौटिन्होले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका छन् ।
युवा तथा पुराना खेलाडीले भरिएको ब्राजिलले सन्तुलित प्रर्दशन गरेको छ । आक्रमणमा जोड दिदै ब्राजिलले खेल नियन्त्रणमा राखेको छ ।
समुह सीको दोस्रो खेलमा दुवै टोली प्रतिस्पर्धामा उत्रिएका हुन् । समुहको पहिलो खेलमा सर्बियाले कोष्टारिकालाई पराजित गरेको थियो ।