युथ ओलम्पिकमा तीन खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौं । अर्जेन्टिनामा आयोजना हुने युथ ओलम्पिक खेलकुदमा नेपालबाट तीन खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपालबाट एथ्लेटिक्स, जुडो र ब्याडमिन्टनबाट एक एक खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
एथलेटिक्सबाट लुजहला अमात्यले २०० मिटरमा प्रतिस्पर्धा गर्नेछन् । यस्तै जुडोको ४४ केजीमुनी सोनिया भट्टले प्रतिस्पर्धा गर्दा ब्याडमिन्टनका रुकेस महर्जनले पुरुष एकलमा प्रतिस्पर्धा गर्ने छन् ।
नेपाली टोलीको एथलेटिक्स प्रशिक्षकमा बिमला जोशी, जुडोमा बिजय कुमार गुरुङ र ब्याडमिन्टनमा किरण थापा अर्जेन्टिना जानेछन् ।
युथ ओलम्पिक अक्टोबर ६ देखि १८ सम्म आयोजना हुनेछ । नेपालका तीनै खेलाडी वाइल्ड कार्डको सहायताले प्रतिस्पर्धा गर्न लागेका हुन् ।
नेपाली टोलीलाई सोमबार नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ, सहभागी खेलका अध्यक्ष लगायतले विदाई गरेका थिए ।
नेपाली टिम :
| .N | NAME | FUNCTION | SPORTS | EVENTS |
| 1 | LUJAHLA AMATYA | ATHLETE | ATHLETICS | 200 M |
| 2 | SONIYA BHATTA | ATHLETE | JUDO | -44 KG |
| 3 | RUKESH MAHARJAN | ATHLETE | BADMITON | MENS' SINGLE |
| 4 | KIRAN THAPA | COACH | BADMITON | |
| 5 | BIMALA JOSHI | CAOCH | ATHLETICS | |
| 6 | BIJAY KUMAR GURUNG | COACH | JUDO |











%20(2)-1777978001805.jpeg&w=3840&q=75)


