बुधबार, २७ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

गोपीको सपनाको ‘मलामी’ बन्न तयार हो ?

सोमबार, २१ असार २०७८हिम बिक्रम केसी
गोपीको सपनाको ‘मलामी’ बन्न तयार हो ?
Loading ad...
mustang rice ad

काठमाडौं । एउटा सपनाको फेरि हत्या भएको छ । यसपटक सिकार एथलेटिक्सका खेलाडी गोपीचन्द्र पार्की भएका छन् ।

घरेलु खेलकुदमा सपनाको भ्रूण हत्या नयाँ विषय हैन । तर केही भ्रूणहरु बाँच्न सफल हुन्छन् । फुल्छन्, फक्रन्छन्, गोपीचन्द्र बन्छन् । तर प्रतिभाले रंग भर्न नपाउँदै, उडान भेट्न नपाउँदै सामुहिक ‘कत्लेआम’ गरिन्छ । अनि सिंगो खेलकुद तमासे बन्छ । सब रमिते देखिन्छन् ।

गोपीचन्द्र अर्थात गोपी एथलेटिक्सका खेलाडी हुन् । दौडिनु उनको शोख हो । साग खेलकुदमा राजेन्द्र भण्डारीको खोसिएको स्वर्ण पदक फिर्ता ल्याउन भन्दै उनले दौडन सुरु गरेका हुन् । दौडकै लागि उनी विभागमा भर्ना भए । अनेक कोशिश गर्दै विभागको खेलकुदमा आईपुगे । नेपालमा छोटो दुरीको दौडमा भविष्य छैन । गोपीलाई दौडन थियो । उनले लामो दुरी रोजे । सुदुरपश्चिमको एउटा समान्य परिवारबाट दौडिन आएको एउटा केटो राष्ट्रिय एथलेटिक्सको असामान्य खेलाडी बन्यो ।

नेपालको खेल प्रणाली यति ध्वस्त छ, यसबाट कुनै गतिलो खेलाडी जन्मिनै सक्दैन । जन्मेपनि राम्रो खेलाडी बन्न सक्दैन । बनेपनि टिक्न सक्दैन । एथलेटिक्समा यो अझ कठिन मानिन्छ । दौडनु आफैमा कठिन साधना हो । दृढ इच्छा शक्ति, कडा अभ्यास, धैर्यता र लगनशिलताले मात्र कोही राम्रो धावक बन्न सक्छ । एउटा धावकले पटक पटक ‘ट्रयाक एण्ड फिल्ड’मा आफुलाई प्रमाणित गर्नुपर्छ ।

गोपीले टोकियो ओलम्पिक गुमाउने - Khelpati

करिब दुई वर्ष अघि सागको ५ हजार मिटर दौडमा स्वर्ण जितेपछि गोपीले ओलम्पिकलाई लक्ष्य बनाएका थिए । हरेक ओलम्पिकमा नेपालबाट पौडी र एथलेटिक्समा खेलाडी सहभागी हुन्छन् । साग सम्पन्न हुने बित्तिकै गोपीको टोकियो ओलम्पिक मिसन सुरु भएको थियो । कोभिडका कारण ओलम्पिक आयोजना एकातर्फ प्रभावित बन्दै थियो । अर्कोतर्फ नेपाल एथलेटिक्स संघले खेलाडीको नाम ओलम्पिकमा पठाउन सकेको थिएन ।

कोभिड सामान्य नहुँदै गत वर्ष मंसिरमा नेपालगञ्जमा पिस म्याराथन आयोजना भयो । नेपाल ओलम्पिक कमिटिले सोही प्रतियोगितालाई ओलम्पिक छनोटको आधार बनायो । पिस म्याराथनको स्वर्ण गोपीले जिते र ओलम्पिकका लागि छनोट भए ।

नेपाल ओलम्पिक कमिटि र नेपाल एथ्लेटिक्स संघले गत मंसिरमा गोपीचन्द्र ओलम्पिकमा छनोट भएको बताएका थिए । ओलम्पिकमा छनोट हुने बित्तिकै गोपीले भनेका थिए, बैकुण्ठ मानन्धरले राखेको म्याराथनको राष्ट्रिय कीर्तिमान ओलम्पिकमा भंग गर्छु । उनी हरेक दिन आफ्नो दाबीमा प्रतिबद्ध देखिन्थे । प्रतियोगिताको संघारमा उनी ३५ वर्ष पुरानो कीर्तिमान तोड्न आत्मविश्वासी देखिन्थे । तर ओलम्पिक सुरु हुनु तीन साता अघि गोपीचन्द्रको नाम ओलम्पिक जाने सूचीबाट काटियो । र नयाँ खेलाडीको नाम समावेश गरियो ।

म्याराथन विधामा धेरै आवेदन परेकाले गोपीको नाम धेरै प्रयास गर्दा समेत समावेश गर्न नसकिएको कारण देखाईयो । स्प्रिन्ट विधामा महिला खेलाडी पठाउनुपर्ने भएकाले सरस्वती चौधरीको नाम सिफारिस गरिएको दाबी गरियो । 

ओलम्पिक बन्ने सपना राखेर विगत दुई वर्षदेखि ट्रयाक एण्ड फिल्डमा रगत, पसिना एक गरेर मेहनत गरिरहेको एउटा खेलाडीले हिजो-आज यस्तै बज्रपात सहन परेको छ । सारा सपना आँखै अघि खरानी बनेको कुरुप दृष्य हेर्न उनी विवश छन् ।

गोपी प्रश्नहरुको चाङले थिचिएका छन् । तर कुनै उत्तर उनीसंग छैन । उनी प्रतिक्रिया विहिन छन् । उनले भनेका छन्, 'केही गडबडी छ । यसको निष्पक्ष छानबिन होस्, सत्य तथ्य बाहिर आओस् । ममाथि अन्याय भएको छ । मलाई न्याय दिनुहोस ।'

ओलम्पिकमा देश बोक्छु भन्ने एउटा खेलाडी क्षणभरमै अन्यायमा परेको छ । न्याय मागिरहेको छ । घरेलु खेलकुदको यो दुखान्त दृष्यले धेरैको मन रोएको छ ।

प्रतियोगिताबाट बञ्चित गरिदा अनेकन प्रश्न गोपीको मस्तिस्कमा खेलेको छ । चित्त बुझ्ने उत्तर उनले पाएका छैनन् । पाएको उत्तरमा उनको चित्त बुझेको छैन ।

सत्य तथ्य बाहिर आएको छैन । तर जानकारहरु भन्छन्, 'ओलम्पिक र एथलेटिक्स संघले आवश्यक समन्वय नहुँदा गोपीले ओलम्पिक खेल्ने अवसर गुमाए ।'

जिम्मेवार दुई पक्षसंग मिलेर राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिवले संयुक्त विज्ञप्ती निकालेपछि घटना थप शंकास्पद बनेको छ । खेलकुदको अभिभावक संस्था राखेप कसरी एउटा खेलाडीमाथि परेको अन्यायको साक्षी बस्न सक्छ, जिम्मेवारी लिन सक्छ । राखेपको कदम सन्देहपूर्ण देखिन्छ । सत्य तथ्य छानविन गर्नुपर्ने संस्था घटनाको साक्षी बसेको चित्र घरेलु खेलकुदका लागि कुरुप तस्विर बनेको छ । तीन ध्रुवमा फर्किएर बस्ने संघ, ओलम्पिक र राखेपलाई एक ठाउँमा जोड्ने संयुक्त बक्तव्यको ‘ग्लू’ अहिले खोजीको विषय बनेको छ ।

खेलाडीको अन्तराष्ट्रिय सहभागीतामा प्राय विवादमा पर्ने नेपाल ओलम्पिक कमिटि र गणतन्त्रकालमा थापाथली दरबार छिरेको एथलेटिक्स संघका कर्तुत विस्तारै सार्वजनिक हुँदै जानेछन् । तर अहिले एक जेहेन्दार खेलाडीमाथि परेको अन्यायका लागि बोल्ने समय आएको छ । 

नेपाल लोकतान्त्रिक खेलकुद संघ, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले विज्ञप्ति निकालेर घटनाको निष्पक्ष छानविन र दोषीमाथि कारबाहीको माग गरेका छन् । यस घटनामा खेलाडी संघ अझ गम्भिर बनेर लाग्न आवश्यक छ । अभिभावक संस्था आफै घटनाको मतियार बनेपछि खेलाडीको अन्तिम आश भनेकै खेलाडी संघ हो । संघले विज्ञप्ती निकालेर खेलाडीको पक्षमा जिम्मेवार कदम उठाएको छ । अब गोपीमाथि न्याय दिलाउने मुख्य जिम्मेवारी संघकै हो । सामान्य बिज्ञप्ती र प्रचारबाजीले गोपीले न्याय पाउने सम्भावना देखिदैन । खेलाडी संघलेनै यस घटनामा गम्भीर अग्रसरता लिन आवश्यक छ । यो खेलाडी संघमात्र हैन, घरेलु खेलकुदका सम्पुर्ण जिम्मेवार निकायको परिक्षाको घडी हो । ओलम्पिकका लागि छनोट भएर अन्तिम समयमा खेलाडीको सपनाको हत्या हुँदा तपाई कहाँ उभिने भन्ने प्रश्न हो ।

गोपीका लागि हामीले गर्न पर्ने धेरै छैन । घटनाको सत्य तथ्य छानविन होस् । घटनाको खास कारण बाहिर आओस् । दोषी भेटिए कारबाही होस् । खेलाडीले राज्यबाट उचित क्षतीपूर्ती पाओस् । फेरी अर्को खेलाडीमाथि यस प्रकारको घटना नहोस ।

यो कुनै सामान्य घटना भने हैन । अन्याय महशुश गरेको खेलाडीको चित्त बुझाउन सकेनौ भने यसका असामान्य प्रभाव घरेलु खेलकुदमा देखिनेछन् । गोपीलाई ‘आइडल’ मानेर ‘ट्रयाक एण्ड फिल्ड’मा भविष्य खोजिरहेका सयौं खेलाडी हतोत्साहीत हुनेछन् । मुख्य तीन जिम्मेवार निकायले बिज्ञप्ती निकालेर एउटा खेलाडीको सपनाको हत्या गरिएको छ । साँचो अर्थमा गोपीमाथि नेपाली खेलकुदले न्याय दिन सकेन भने उनको मृत सपनाको श्राप हामीलाई लागिरहनेछ । के हामी उनको मृत सपनाको मलामी बन्न तयार हो ?

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

९ महिनामै कमजोर देखिएको इन्टर

९ महिनामै कमजोर देखिएको इन्टर

खाली महसुस गरिरहेका जम्पा

खाली महसुस गरिरहेका जम्पा

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 आर्मी र गोल्डेनगेटको विजयी सुरुआत

आर्मी र गोल्डेनगेटको विजयी सुरुआत

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

मनाङसँग हार्‍यो चित्लाङ

मनाङसँग हार्‍यो चित्लाङ

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

ग्यारीको काँधमा श्रीलंकाली टोली

ग्यारीको काँधमा श्रीलंकाली टोली

नीशमले हटाए कमेन्ट्

नीशमले हटाए कमेन्ट्

नेयमारलाई अन्तिम मौका

नेयमारलाई अन्तिम मौका

विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी