बुधबार, २७ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

अलपत्र खेलकुद ऐन : न बोर्ड बन्यो, न बैठक बस्यो

बिहिबार, १७ असार २०७८हिम बिक्रम केसी
अलपत्र खेलकुद ऐन : न बोर्ड बन्यो, न बैठक बस्यो
Loading ad...
mustang rice ad

काठमाडौं । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को कार्यान्वयन अलपत्र परेको छ ।

घरेलु खेलकुदलाई व्यवस्थित, पारदर्शी र अनुशासित बनाउने लक्ष्य सहित सरकारले एक वर्ष अघि राष्ट्रिय खेलकुद विकास ऐन कार्यान्वयनमा ल्याएको थियो ।

खेलकुद मन्त्रालय सहित जिम्मेवार निकायको नेतृत्व उदासिन बन्दा ऐन कार्यान्वयन अलपत्र परेको हो ।

गत वर्ष असार १७ गते ऐन कार्यान्वयनमा आएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले असार ११ गते सो ऐन प्रमाणिकरण गरेकी थिईन् । ऐन प्रमाणिकरण भएको ७ दिनपछि स्वत कार्यान्वयनमा आउने व्यवस्था छ ।

खेलकुद ऐन कार्यान्वनयमा आएको वर्ष दिन पुरा भएपनि यसको कार्यान्वयन पक्ष शुन्य देखिएको छ ।

राजनीतिक अस्थिरतासंगै खेलकुद मन्त्री परिवर्तन भईरहदा यसको कार्यान्वयनमा जटिलता थपिएको छ नै, ऐन लागु गर्ने सन्दर्भमा राखेप नेतृत्वको उदासिनता पनि उत्तिकै जिम्मेवार छ ।

ऐनले परिकल्पना गरेको राखेपको बोर्डले एक वर्षसम्म पूर्णता पाउन सकेको छैन भने वर्षमा कम्तिमा दुई पटक बस्नुपर्ने राखेपको बोर्ड बैठक एक पटक पनि बस्न सकेको छैन । बोर्ड बैठक नबस्दा खेलकुदको योजना, नीति कार्यान्वयनदेखि वार्षिक क्यालेन्डर समेत बन्न सकेन । दुई वर्ष अघि आठौं राष्ट्रिय खेलकुदको समापनमा अन्तिम पटक राखेपको बोर्ड बैठक बसेको थियो ।

पूर्व खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा ऐनले व्यवस्था गरे अनुसार बोर्ड बैठकले पूर्णता नपाउनु र बोर्ड बैठक एकपटक समेत बस्न नसक्नु दुखद भएको बताए ।
‘मुलरुपमा परिषद्को बैठक बस्न नसक्नु अति दुखदायी छ ।’ विश्वकर्माले खेलपाटीसंग भने, ‘ऐनले खेलकुदको विकास र समृद्धिका लागि जुन हिसाबले दिशानिर्देश गरेको छ । ऐन अभ्यासमा नआएपछि आफैमा दुखदायी रहन पुग्यो ।’

ऐन निर्माण र कार्यान्वयनमा मन्त्री विश्वकर्माले महत्वपुर्ण भुमिका खेलेका थिए । उनकै जोडबलमा संसदमा विचाराधिन ऐन दुवै सदनबाट पारित भएर कार्यान्वयनमा आएको थियो । तर कार्यान्वयनमा समयमा उनी खेलकुद मन्त्रीबाट निकालिए ।

नयाँ ऐनले राखेपको कार्यकारी अधिकारी परिषद्का सदस्य सचिवबाट खोसेर कार्यकारी समितिमा राखेको थियो । तर विगत एक वर्षमा राखेपको कार्यकारी समितिले पूर्णता पाउन सकेको छैन भने एक पटक बैठक बसेको औपचारिक जानकारी छैन ।

ऐनले राष्ट्रिय खेल संघलाई व्यवस्थित, पारदर्शी र सुशासनमा राख्न उचित प्रबन्ध गरेको छ । तर यसको कार्यान्वनय पक्ष फितलो हुदाँ राष्ट्रिय संघहरुले निर्वाचन गर्न पाएका छैनन् । राष्ट्रिय संघका अधिकांश नेतृत्व अवैधानिक रुपमा सञ्चालित छन् । संघहरुको रोकिएको निर्वाचन प्रक्रियालाई अघि बढाएर खेलकुदलाई गति दिन खेलकुद नेतृत्व उदासिन देखिन्छ ।

पूर्व सांसद तथा नेपाल ओलम्पिक कमिटि (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठ ऐन कार्यान्वनयको जिम्मेवारी सम्बन्धित निकायमा बस्ने नेतृत्वको रहेको बताउँछन् ।

‘ऐन कार्यान्वनय गर्ने जिम्मेवारी सम्बन्धित निकायमा बस्ने मन्त्रालय र नेतृत्वको हो । यो कार्यान्वयन हुन नसक्नु ठुलो प्रश्न चिन्ह हो ।’ श्रेष्ठले खेलपाटीसंग भने, ‘जिम्मेवार नेतृत्वले ऐनलाई पनि ध्यान दिएको छैन । कम्तिमा लोकतन्त्रमा कानुनी राज्यका कुरा हुन्छन् । कानुनलाई वेवास्ता गरेर हिड्ने कुराले लोकतान्त्रिक मुल्य मान्यतामाथिनै आघात पुर्याउने काम हुन्छ ।’

देश संघीयतामा गएसंगै सरकारले प्रादेशीक संरचनामा जाने गरि नयाँ खेलकुद ऐन बनाएको थियो । २०४६ मा बनेको खेलकुद ऐनले वर्तमान खेलकुदलाई अघि बढाउन नसक्ने निष्कर्श सहित सरकारले नयाँ खेलकुद ऐन कार्यान्वयनमा ल्याएको थियो ।

ऐन कार्यान्वयनका लागि मन्त्रालयले तयार पारेको नियमावली अझै सार्वजनीक हुन सकेको छैन । राखेपबाट प्रस्ताव नआउँदा परिषदेका कर्मचारीको समायोजन र राखेपको पूर्वाधार हस्तान्तरणको विषय रोकिएको अवस्थामा छ । जसले गर्दा परिषदमा रहेका हजार बढी कर्मचारी भुमिका विहिन भएर अन्यौलमा परेका छन् ।

पूर्व मन्त्री विश्वकर्मा ऐनले राखेप अध्यक्षलाई नेतृत्वदायी भुमिकामा जिम्मेवार बनाएपनि कार्यान्वयनको सन्दर्भमा सदस्य सचिवको भुमिका समेत जिम्मेवार हुने बताउँछन् ।

‘ऐनले अध्यक्षलाई एउटा नेतृत्वदायी भुमिकामा जिम्मेवार बनाएको छ । मन्त्री भुमिकामा राजनीतिक परिवेशले केही समस्या ल्याएको होला । तर परिषद्का सदस्य सचिवको भुमिका पनि त्यतिकै जिम्मेवार हुन्छ । उहाँको प्रयास कस्तो रह्यो खासै जानकारी भएन ।’ उनले भने ।

राखेपको प्रशासकीय नेतृत्वमा रमेशकुमार सिलवाल छन् । तर ऐन कार्यान्वयनको सन्दर्भमा सदस्य सचिव सिलवाल उदासिन देखिन्छन् । नयाँ ऐनले सदस्य सचिवका धेरै जिम्मेवारीलाई कटौती गरेको छ । तर ऐनले व्यवस्था गरेका खेलकुद सुधारका काम राखेपबाट अघि बढ्न सकेको छैन । राखेपको काम कारबाही बुझ्न खोज्दा सदस्य सचिव सिलवालको फोन उठेन ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

९ महिनामै कमजोर देखिएको इन्टर

९ महिनामै कमजोर देखिएको इन्टर

खाली महसुस गरिरहेका जम्पा

खाली महसुस गरिरहेका जम्पा

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 आर्मी र गोल्डेनगेटको विजयी सुरुआत

आर्मी र गोल्डेनगेटको विजयी सुरुआत

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

मनाङसँग हार्‍यो चित्लाङ

मनाङसँग हार्‍यो चित्लाङ

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

ग्यारीको काँधमा श्रीलंकाली टोली

ग्यारीको काँधमा श्रीलंकाली टोली

नीशमले हटाए कमेन्ट्

नीशमले हटाए कमेन्ट्

नेयमारलाई अन्तिम मौका

नेयमारलाई अन्तिम मौका

विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी