रुस विश्वकपमा ब्राजिल र स्विजरल्याण्डले १ - १ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।
९०+५ फुल टाइम : ब्राजिल १ - १ स्विजरल्याण्ड
९० - ब्राजिल १ - १ स्विजरल्याण्ड
- फ्रिकिक - स्विजरल्याण्डका किपरको उत्कृष्ट बचाऊ
८७ - ब्राजिल निरन्तर आक्रमणमा, तर गोल निकाल्न सकिरहेको छैन ।
८५ - निर्धारित समय सकिन ५ मिनेट बाँकि
बल पोजिसनमा ब्राजिलको पकड कायम, स्विजरल्याण्ड संघर्षरत
८० औं मिनेटको खेल सकिएको छ । ब्राजिल र स्विजरल्याण्डले १ - १ गोलको बराबरीमा खेलिरहेका छन् ।
- ग्राबियल जिसस आउट - फिर्मिन्हो इन
-७७ - ब्राजिल १ - १ स्विजरल्याण्ड
७५ - ब्राजिल १ - १ स्विजरल्याण्ड
७० - ब्राजिल १ - १ स्विजरल्याण्ड
-मौका ! ब्राजिलका कौटिन्होले डिबक्स भित्रबाट गोल गर्न सकेनन ।
-स्विजरल्याण्डको डिफेन्स निकै बलियो देखिएको छ । उनीहरुको ब्राजिलियन फरवार्डलाई हम्मे हम्मे परेको छ ।
- नेयमार र मार्सेलो तयार
६४ - फ्रिकिक - ब्राजिललाई !
- ब्राजिलविरुद्ध एक गोल फर्काएपछि स्विजरल्याण्डले खेलमा लय समातेको छ ।
५० - गोल ! गोल ! स्विजरल्याण्डले गोल फर्काएको छ ! स्टेभेन जुबेरको गोल
- कुन टोलीले जित्ला खेल ?
दोस्रो हाफको खेल सुरु भएको छ । स्विजरल्याण्ड गोल फर्काउने योजनामा छ । ब्राजिल थप गोल गर्ने योजनामा हुने छ ।
४५ +२ पहिलो हाफ : ब्राजिल १ - ० स्विजरल्याण्ड
फिलिपे कौटिन्होले ब्राजिलका लागि गोल गरेका हुन् ।
४५ - ब्राजिल १ - ० स्विजरल्याण्ड
- ब्राजिलियन युवा टोलीले युरोपियन टोलीविरुद्ध उत्कृष्ट खेलिरहेका छन् ।
४० - ब्राजिल १ - ० स्विजरल्याण्ड
- स्विजरल्याण्डका डिफेन्स र किपर निकै व्यस्त बनेका छन् ।
-ब्राजिलविरुद्ध १ - ० ले पछि परेको स्विजरल्याण्ड गोलको खोजीमा रहेको छ ।
३५ - ब्राजिल १ - ० स्विजरल्याण्ड
३२ -फ्रिकिक ! ब्राजिललाई
३० - ब्राजिल १ - ० स्विजरल्याण्ड
२५ - ब्राजिल १ - ० स्विजरल्याण्ड
उनको सुन्दर गोल प्रहारले पोस्टमा लाग्दै जाली चुमेको थियो ।
२० - गोल गोल !! ब्राजिलका फिलिपे कौटिन्होले गोल गरे ।
- युवा खेलाडीले भरिएको ब्राजिल गोलको खोजीमा रहेका छन् ।
- स्विजरल्याण्ड बल पोजिसन बनाउन लागिपरेको छ ।
१८ - ब्राजिल ० - ० स्विजरल्याण्ड
नेयमारको फ्रिकिकले पोष्टको दिशा लिन सकेन ।
- फ्रिकिक प्राप्त गरेको छ ब्राजिलले
१५ - ब्राजिल ० - ० स्विजरल्याण्ड
-खेलको सुरुवातबाटै ब्राजिल स्विजरल्याण्डविरुद्ध हाबी भएको छ ।
- पौलिन्होले गोलको सुनौलो मौका गुमाएका छन् ।
१० - ब्राजील ० - ० स्विजरल्याण्ड
- स्विजरल्याण्ड युरोपियन क्षेत्रबाट प्ले अफ खेल्दै विश्वकपमा छनोट भएको हो ।
-ब्राजिल विश्वकपमा छनोट हुने पहिलो राष्ट्र हो ।
५ - ब्राजिल ० - ० स्विजरल्याण्ड
१ - खेल सुरु भएको छ ।
प्लेइङ ११ (ब्राजिल) : एलिसन बेच्कर, ड्यानिलो, थियागो सिल्भा, मार्सेलो, मिरिण्डा, क्यासिमेरो, फिलिपे कौटिन्हो, पाउलिन्हो, ग्राबियल जिसस, विलियन, नेयमार
प्लेइङ ११ (स्विजरल्याण्ड) : यान सोमेर, रिकार्डो रोड्रिगेज, म्यानुअल एकेन्जी, स्टेफेन लिचेस्टेइनर, फाबियान सियर, भलोन बेहर्मी, जेड्रान शाकिरी, हरिस सेफरोभिक, ग्रानिट जाका, स्टेभेन जुबेर, हरिस सेफेरोभिक
-दुवै टोली ३ अंक जोड्ने योजनामा रहेका छन् ।
फिफा विश्वकप फुटबल अन्तर्गत अहिले ब्राजिल र स्विजरल्याण्डबीच खेल केहीबेरमा सुरु हुँदै छ ।
- स्विजरल्याण्डको राष्ट्रिय धुन बजाइएको छ।
-ब्राजिलको राष्ट्रिय धुन बजाइएको छ
- ब्राजिल भर्सेस स्विजरल्याण्ड
- रोस्तोभ एरिना