एमबाप्पेका भाइले गरे पीएसजीसँग नयाँ सम्झौता
शुक्रबार, ११ असार २०७८खेलपाटी संवाददाता

एजेन्सी । स्टार स्ट्राइकर केलियन एमबाप्पेका भाइ इथेन एमबाप्पेले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग नयाँ सम्झौता गरेका छन् ।
पीएसजीले शुक्रबार इथेनले क्लबसँग नयाँ सम्झौता गरेको जनाएको छ ।
पीएसजीले सन् २०२४ सम्मको लागि इथेनले क्लबसँग सम्झौता गरेको जनाएको छ ।
१५ वर्षीय इथेन सेन्ट्रल मिडफिल्डर हुन् । उनी पीएसजीको यू-१४ टिममा महत्वपूर्ण सदस्य हुन् ।
यस्तै अर्का युथ खेलाडी सेन्नी मायुलुले पनि क्लबसँग नयाँ सम्झौता गरेको पीएसजीले जनाएको छ ।








-1766593825391.webp&w=3840&q=75)






