आर्सनलसँग केइरनको नयाँ सम्झौता
शुक्रबार, ११ असार २०७८खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस क्लब आर्सनलका डिफेन्डर केइरन टियरनीले क्लबसँग नयाँ सम्झौता गरेका छन् ।
आर्सनलले शुक्रबार डिफेन्डर केइरनले पाँच वर्षे नयाँ सम्झौता गरेको जनाएको छ ।
स्कटल्याण्डका डिफेन्डर केइरन सन् २०१९ मा सेल्टिकबाट आर्सनल आएका थिए ।
२४ वर्षीय डिफेन्डरले आर्सनलका लागि ६२ खेल खेलिसकेका छन् ।
केइरन स्कटल्याण्डको युरो खेल्ने टिममा समेत रहेका थिए ।
सेल्टिकका लागि उनले १ सय ७० खेल खेलेका थिए । उनले ४ पटक स्कटिस प्रिमियर लिगको उपाधि जितेका थिए ।







-1766593825391.webp&w=3840&q=75)






