एजेन्सी । आईसीसी विश्व टेस्ट च्याम्पियनसिप फाइनलको पहिलो इनिङ्समा न्युजिल्याण्डले मध्यम सुरुवात गरेको छ ।
साउथह्याम्पटनमा भारतलाई अलआउट गरेर पहिलो इनिङ्स थालेको न्युजिल्याण्डले दोस्रो दिनको खेल सकिदा २ विकेट गुमाएर १ सय १ रन जोडेको छ । पहिलो इनिङ्समा न्युजिल्याण्ड १ सय १६ रनले पछि रहेको छ ।
न्युजिल्याण्डका लागि ओपनर डेभोन कन्वेले ५४ रनको अर्धशतकीय इनिङ्स खेले । टम लाथम ३० रन जोडेर आउट भए ।
कप्तान केन विलियम्सन १२ रनमा अविजित रहदा रोस टेलर सुन्य रनमा अविजित छन् । भारतका इशान शर्मा र रविचन्द्र आश्विनले १/१ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारत पहिलो इनिङ्समा २ सय १७ रन जोड्दा अलआउट भएको थियो ।
पहिलो इनिङ्समा भारतका अजिन्का रहाणेले सर्वाधिक ४९ रन बनाए । यस्तै कप्तान विराट कोहलीले ४४ रन जोड्दा रोहित शर्माले ३४ रन बनाए ।
शुबमन गिलले २८ तथा रविचन्द्र आश्विनले २२ रन बनाए ।
भारतलाई सस्तैमा समेट्ने न्युजिल्याण्डका केली जेमिसनले ५ विकेट लिए । उनले मात्र ३१ रन खर्चिए ।
त्यस्तै ट्रेन्ट बोल्ट र निल वाग्नेरले २/२ विकेट लिए ।
यस टेस्ट च्याम्पियनसिपको विजेताले १.६ मिलियन अमेरिकी डलर पुरस्कार पाउने छन् । फाइनल टेस्ट ड्र (बराबरी) मा सकिए उपाधि बाडिने छन् ।
यस्तै उपविजेता टोलीले ८००,००० अमेरिकी डलर पाउने जनाएको छ । आईसीसीले दुई टिमले पाउने पुरस्कार राशि २.४ मिलियन अमेरिकी डलर रहेको जनाएको छ ।