एजेन्सी । श्रीलंकाका क्रिकेट लिजेण्ड कुमार संगाकारा 'आईसीसी हल अफ फेम' बाट सम्मानित भएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले पूर्व विकेटकिपर ब्याट्सम्यान संगाकारालाई 'आईसीसी हल अफ फेम' बाट सम्मान गरेको हो ।
संगाकारा श्रीलंकाका सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले टेस्ट क्रिकेटमा १२ हजार ४ सय रन बनाएका छन् ।
उनले एकदिवसीयमा श्रीलंकाका लागि १४ हजार २ सय ३४ रन जोड्दा टी-ट्वान्टीमा १ हजार ३ सय ८२ रन बनाएका छन् ।
उनले सन् २०१५ मा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए ।
४३ वर्षीय संगाकारा एमसीसीको अध्यक्ष बन्ने पहिलो बेलायत बाहिरका व्यक्ति हुन् ।
आईसीसीले संगाकारासहित अन्य ९ जनालाई समेत 'आईसीसी हल अफ फेम' मा राखेको छ ।