एजेन्सी । इस्लामावाद युनाईटेडका बलर हसन अलीले पाकिस्तान सुपर लिग (पीएसएल) को बाँकी खेलहरु गुमाउने भएका छन् ।
व्यक्तिगत कारण देखाएर युएईबाट पाकिस्तान फर्किएपछि अलीले बाँकी खेलहरु गुमाउने भएका हुन् ।
अलीले परिवारको कारण प्रतियोगिताको बाँकी खेल खेल्न नसक्ने बताएका छन् ।
'व्यक्तिगत कारण म पीएसएलको बाँकी खेलबाट बाहिर रहने छु । केहि कुरा क्रिकेट भन्दा महत्वपूर्ण हुन्छ । परिवार भन्दा महत्वपूर्ण केहि हुदैन,' उनले भनेका छन्,' मलाई साथ र सहयोग गरेकोमा इस्लामावादलाई धन्यवाद ।'
अली टिमका महत्वपूर्ण खेलाडी हुन् । उनी प्रतियोगिताकै सर्वाधिक विकेट लिने तेस्रो खेलाडी रहेका थिए ।
कोरोना भाईरसको महामारीको कारण पीएसएलका बाँकी खेलहरु युएईको अबुधाबीमा भईरहेको छ ।
इस्लामावाद ८ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ ।