एजेन्सी । अलराउण्डर शकिब अल हसनलाई ढाका प्रिमियर लिग टी-ट्वान्टी क्रिकेटमा तीन खेलको प्रतिबन्ध लागेको छ ।
बंगलादेश क्रिकेट बोर्डले शनिबार मोहम्मदान स्पोटिङ क्लबबाट खेलिरहेका हसनलाई तीन खेलको प्रतिबन्ध लगाएको हो ।
यस्तै हसनलाई ५ लाख टाका जरिवाना समेत गरिएको छ ।
ढाका प्रिमियर लिग अन्तर्गत शुक्रबार खेल भावना विपरित कार्य गरेको भन्दै बोर्डले प्रतिबन्ध र जरिवाना गरेको हो ।
कप्तान समेत रहेका हसनले शुक्रबार अबाहानी लिमिटेडविरुद्ध अम्यायारले आउट नदिएपछि स्टम्प खुट्टाले हान्दै उखेलेर फालेका थिए ।
हसनको उक्त हर्कतको चौतर्फी आलोचना भईरहेको छ ।