एजेन्सी । न्युजिल्याण्डविरुद्धको दोस्रो तथा अन्तिम टेस्टको पहिलो इनिङ्समा इंग्ल्यान्ड अलआउट भएको छ ।
बिर्मिन्घममा टेस्टको दोस्रो दिन शुक्रबार इंग्ल्यान्ड ३ सय ३ रन जोड्दा अलआउट भएको हो ।
इंग्ल्यान्डका लागि डान लरेन्सले अविजित ८१ रन बनाए । यस्तै रोरी ब्रुन्सले ८१ रनको अर्धशतकीय इनिङ्स खेल्दा मार्क उडले ४१ रन बनाए । डम सिब्लीले ३५ रन जोड्दा ओली स्टोनले २० रन बनाए ।
न्युजिल्याण्डका ट्रेण्ड बोल्टले ४ विकेट लिए । यस्तै माट हेनरीले ३ तथा अजिज पटेलले २ विकेट लिए ।
न्युजिल्याण्डले पहिलो इनिङ्समा १ विकेट गुमाएर ४३ रन बनाएर खेलिरहेको छ । लन्चसम्म न्युजिल्याण्डका डेभोन कोनवेले २७ रन बनाएर खेलिरहेका छन् । विल योङ ६ रनमा अविजित छन् । कप्तान टम लाथम ६ रनमा आउट भए ।
दुई टिमबीच यस अघि भएको पहिलो टेस्ट ड्र भएको थियो ।