एजेन्सी । इंग्ल्यान्डका बलर ओली रोबिनसनलाई अन्तराष्ट्रिय क्रिकेटबाट निलम्बन गरिएको छ ।
इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले आइतबार उनलाई निलम्बन गरेको हो ।
सामाजिक संजाल ट्वीटरमा आपत्तिजनक ट्वीटहरु पोस्ट गरेको विषयमा अनुसन्धान गर्न रोबिनसनलाई निलम्बन गरिएको हो ।
रोबिनसनलाई सन् २०१२ देखि १३ को समयमा गरिएको ट्वीटको कारण निलम्बन गरिएको हो ।
उक्त ट्वीटमा रंगभेदीय दुर्व्यवहार हुने र यौनिक ट्वीटहरु रहेको बताईएको छ ।
रोबिनसनले उक्त ट्वीटबारे माफी समेत मागिसकेका छन् ।
२७ वर्षीय बलरले बुधबार न्युजिल्याण्डविरुद्धको खेलबाट टेस्ट टिममा डेब्यु गरेका थिए । उक्त टेस्ट बराबरीमा सकिएको छ ।
अब रोबिनसनले दोस्रो टेस्ट गुमाउने छन् । उनी टिमबाट निस्किसकेको समेत बताईएको छ ।