एजेन्सी । पाहुना टिम न्युजिल्याण्डविरुद्धको पहिलो टेस्टको पहिलो इनिङ्समा इंग्ल्यान्ड अलआउट भएको छ ।
लर्ड्समा शनिबार इंग्ल्यान्ड २ सय ७५ रन जोड्दा अलआउट भएको छ । अलआउट भएपछि इंग्ल्यान्ड न्युजिल्याण्डसँग पहिलो इनिङ्समा १ सय ३ रनले पछि परेको छ ।
इंग्ल्यान्डका लागि पहिलो इनिङ्समा रोरी बर्न्सले १ सय ३२ रनको शतकीय इनिङ्स खेले । यस्तै कप्तान जोय रुटले ४२ रन जोड्दा ओली रोबिन्सनले पनि ४२ रन बनाए । ओली पोप २२ रनमा आउट भए ।
इंग्ल्यान्डलाई सस्तैमा समेट्न न्युजिल्याण्डका टिम साउथीले ६ विकेट लिए । केली जेमिसनको नाममा ३ विकेट रह्यो ।
यस अघि पहिलो इनिङ्समा न्युजिल्याण्डले ३ सय ७८ रन बनाएको थियो ।
न्युजिल्याण्डका लागि डेब्यु खेलाडी डेभोन कोनवेले २०० रनको दोहोरो शतकीय इनिङ्स खेले । यस्तै हेनरी निकोल्सले ६१ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै टम लाथम २३, रोस टेलर १४ र कप्तान केन विलियम्सन १३ रनमा आउट भए ।
इंग्ल्यान्डका ओली रोबिनसनले ४ तथा मार्क उडले ३ तथा जेम्स एण्डरसनले २ विकेट लिए ।
इंग्ल्यान्ड भ्रमणमा रहेको न्युजिल्याण्डले घरेलु टिमसँग दुई खेलको टेस्ट सिरिज खेल्नेछ ।