एजेन्सी । आईसीसी पुरुष विश्वकप सुपर लिग क्रिकेट अन्तर्गतको दोस्रो एकदिवसीय क्रिकेटमा आयरल्याण्डले नेदरल्यान्ड्सलाई पराजित गरेको छ ।
शुक्रबार भएको खेलमा आयरल्याण्डले नेदरल्यान्ड्सलाई ८ विकेटले हराएको हो ।
नेदरल्यान्ड्सले दिएको १ सय ५८ रनको लक्ष्य आयरल्याण्डले ४३ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।
आयरल्याण्डका लागि कप्तान एन्डी बल्ब्रिनीले अविजित रहदै ६३ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै पाउल स्ट्रर्लिङले ५२ रनको अर्धशतकीय इनिङ्स खेल्दा ह्यारी टेक्टरले अविजित ३० रन जोडे ।
नेदरल्यान्ड्सका पिटर सिलार र लोगन भान विकले १/१ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ५७ रन बनाएको थियो ।
नेदरल्यान्ड्सका लागि म्याक्स ओ'डोडले ३६ रन बनाए । बास डी लिड र स्कट इडवार्डले समान २३/२३ रन बनाए । भान विकले अविजित २२ रन बनाए ।
आयरल्याण्डका क्रेग योङ र जोस लिटलले ४/४ विकेट लिए ।
यस जितसँगै आयरल्याण्डले तीन खेलको सिरिज १-१ को बराबरी गरेको छ ।
यस अघि पहिलो खेलमा नेदरल्यान्ड्सले आयरल्याण्डलाई १ रनले हराएको थियो ।
दुई टिमबीच तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ ।