एजेन्सी । न्युजिल्याण्डले घरेलु टिम इंग्ल्यान्डविरुद्धको पहिलो टेस्टको पहिलो इनिङ्समा बलियो सुरुवात गरेको छ ।
लर्ड्समा बुधबार पहिलो दिनको खेल सकिदा न्युजिल्याण्डले ३ विकेट गुमाएर २ सय ४६ रन बनाएको छ ।
डेब्यु खेलाडी डेभोन कोनवेले शतकीय इनिङ्स खेलेपछि न्युजिल्याण्ड बलियो स्थितिमा पुगेको हो ।
अविजित रहेका डेभोन १ सय ३६ रन बनाएर क्रिजमा छन् । हेनरी निकोल्स ४६ रनमा अविजित रहेका छन् ।
यस्तै टम लाथम २३, रोस टेलर १४ र कप्तान केन विलियम्सन १३ रनमा आउट भए ।
इंग्ल्यान्डका ओली रोबिनसनले २ तथा जेम्स एण्डरसनले १ विकेट लिए ।
इंग्ल्यान्ड भ्रमणमा रहेको न्युजिल्याण्डले घरेलु टिमसँग दुई खेलको टेस्ट सिरिज खेल्नेछ ।