एजेन्सी । भारतमा आयोजना हुने भनिएको आईसीसी टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेट प्रतियोगिता युएईमा आयोजना हुने सम्भावना बढेको छ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले विश्वकप युएई सार्ने योजना बनाईरहेको क्रिकइन्फोले जनाएको छ ।
भारतमा कोरोना भाईरसको दोस्रो लहर तीव्र रुपमा फैलिएको कारण आईसीसीसी विश्वकप युएईमा सार्ने तयारी गरेको हो ।
यस्तै आईसीसीले सह-आयोजकको रुपमा कुवेतलाई प्राथमिकतामा राखेको जनाएको छ ।
आईसीसीले भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईलाई जुन २८ सम्म विश्वकपबारे निर्णय गर्न समय दिएको समेत क्रिकइन्फोले जनाएको छ ।
बीसीसीआई पनि प्लान 'बी' अन्तर्गत विश्वकप युएईमा गराउन राजी भएको बताईएको छ ।
२०२१ मा आयोजना हुने विश्वकप अक्टोबर देखि नोभेम्बरसम्म हुने तालिका रहेको छ । विश्वकपमा १६ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
बीसीसीआईले विश्वकप आयोजनाका लागि आईसीसीलाई ९ खेल स्थलको प्रस्ताव गरिसकेको छ ।
प्रस्तावित खेल स्थलमा अहमदाबाद, बेंगलुरु, चेन्नई, दिल्ली, धर्मशाला, हैदरावाद, कोलकत्ता, लखनउ र मुम्बई रहेको छ ।