एजेन्सी । इङ्ल्यान्ड टेस्ट क्रिकेट टोलीका कप्तान जोय रुटले एसेज सिरिजअघि न्युजिल्याण्ड र भारत उत्तम प्रतिद्वन्दी भएको बताएका छन् ।
न्युजिल्याण्डसँगको पहिलो टेस्ट अघि रुटले एसेज सिरिजअघि दुई टोली टिमका लागि उत्तम प्रतिद्वन्दी भएको बताएका हुन् ।
इंग्ल्यान्डले घरेलु मैदानमा न्युजिल्याण्डसँग २ खेलको टेस्ट सिरिज खेल्दैछ । न्युजिल्याण्डविरुद्ध पहिलो टेस्ट लर्ड्समा आजबाट सुरु हुँदैछ ।
यस्तै इंग्ल्यान्डले भारतसँग पाँच खेलको टेस्ट सिरिज खेल्नेछ ।
'एसेज सिरिज हाम्रोलागि धेरै महत्वपूर्ण छ । हामीले उक्त सिरिजका लागि राम्रो तयारी गर्नु छ । हामीले विश्वका दुई उत्कृष्ट टिमविरुद्ध जित निकालेर र सात टेस्टमा राम्रो प्रदर्शन गर्नु हुनेछ ,'कप्तान रुटले भने ।
सन् २०२१/२२ को एसेज सिरिज अष्ट्रेलियामा हुनेछ । सिरिज पाँच खेलको हुनेछ ।
यस पटकको सिरिज डिसेम्बर देखि जनवरीसम्म हुनेछ ।
तालिका अनुसार सिरिज अन्तर्गतको पहिलो टेस्ट डिसेम्बर ८ देखि १२ सम्म ब्रिसबेनमा हुनेछ ।
दोस्रो टेस्ट डिसेम्बर १६ देखि २० सम्म एडिलेट, तेस्रो टेस्ट २६ डिसेम्बर देखि ३० डिसेम्बरसम्म मेलबर्नमा हुनेछ ।
यस्तै सिड्नीमा हुने चौंथो टेस्ट जनवरी ५ देखि ९ सम्म र अन्तिम तथा पाँचौ टेस्ट पर्थमा जनवरी १४ देखि १८ सम्म हुने तालिका रहेको छ ।