एजेन्सी । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले एकदिवसीय विश्वकप क्रिकेटमा सहभागी टिमको संख्या बढाएको छ ।
आईसीसीले मंगलबार एकदिवसीय विश्वकपमा टिमको संख्या बढाएर १४ बनाउने निर्णय गरेको छ ।
आईसीसीले २०२७ र २०३१ को विश्वकपमा १४ टिमले प्रतिस्पर्धा गर्ने जनाएको छ ।
यस अघि एकदिवसीय विश्वकपमा १० टिमले प्रतिस्पर्धा गर्दै आईरहेका थिए ।
यस्तै टी-ट्वान्टी विश्वकपको टिमको संख्या बढाएर २० टिम बनाईएको छ ।
आईसीसीले २०२४, २०२६, २०२८ र २०३० विश्वकपमा २० टिमले प्रतिस्पर्धा गर्ने जनाएको छ ।
टी-ट्वान्टी विश्वकपमा १६ टिमले प्रतिस्पर्धा गर्दै आईरहेका छन् ।
यसै वर्ष भारतमा आयोजना हुने विश्वकपमा १६ टिमले खेल्ने छन् ।
सन् २०२४ को विश्वकपपछि हरेक दुई वर्षमा टी-ट्वान्टी विश्वकप आयोजना गर्ने निर्णय समेत आईसीसीले जनाएको छ ।
त्यस्तै २०२५ र २०२९ मा ८ टिम सहभागी च्याम्पियन्स ट्रफी आयोजना गरिनेछ ।
आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनल २०२५, २०२७ , २०२९ र २०३१ मा आयोजना गरिने समेत आईसीसीले जनाएको छ ।