शाकिबले आईपीएलको बाँकी खेल गुमाउने
एजेन्सी । बंगलादेशका क्रिकेटर शाकिब अल हसनले ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेटको बाँकी खेलहरु गुमाउने भएका छन् ।
बंगलादेश क्रिकेट बोर्डले नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नदिने भएपछि शाकिबले आईपीएलको बाँकी खेल गुमाउने भएका हुन् ।
शाकिब आईपीएल टिम कोलकत्ता नाइट राइडर्समा आबद्द रहेका छन् ।
बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष नजमुल हसनले आईपीएल समय व्यस्त अन्तराष्ट्रिय तालिका भएकोले शाकिबले एनओसी नपाउने बताएका छन् ।
अध्यक्ष हसनले विश्वकपको तयारीका लागि व्यस्त तालिका भएकोले उनले एनओसी नपाउने बताएका हुन् ।
यस्तै अर्का खेलाडी मुस्ताफिजुर रहमानले समेत एनओसी नपाउने बताईएको छ ।
आईपीएलको बाँकी खेलहरु युएईमा आयोजना हुनेछ ।
बीसीसीआईले सेप्टेम्बर देखि अक्टोबरसम्म प्रतियोगिता युएईमा गर्ने जनाएको छ ।
बीसीसीआईले मिति भने घोषणा गरेको छैन ।
तर, बीसीसीआईले बाँकी रहेको ३१ खेलहरु २५ दिन भित्र सक्ने योजना बनाएको बताईएको छ ।
प्रतियोगिता स्थगित हुनु अघिसम्म दिल्ली क्यापिटल्स शीर्ष स्थानमा रहेको छ । दिल्लीले ८ खेलमा १२ अंक जोडेको छ ।
यस्तै चेन्नई दोस्रो र बैंगलोर तेस्रो स्थानमा रहेको छ ।