काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को महिला टी-ट्वान्टी ब्याटिङ वरीयतामा नेपालकी उपकप्तान सिता राना मगर यथावत रहन सफल भएकी छिन् ।
आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा सिताको ब्याटिङ वरीयता यथावत रहेको हो ।
आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा सिता ९० औं स्थानमा रहेकी छिन् । सिता अघिल्लो वरीयतामा ९० औं स्थानमै रहेकी थिइन् ।
सिता वरीयतामा पर्ने एक्लो नेपाली महिला खेलाडी हुन् ।
ब्याटिङतर्फ भारतकी शफाली वर्मा शीर्ष स्थानमा रहेकी छिन् ।
अष्ट्रेलियाकी बेथ मोनी दोस्रो, अष्ट्रेलियाकै मेग लानीङ तेस्रो, भारतकी स्मृति मन्धाना चौंथो र अष्ट्रेलियाकी एलिसा हेली पाँचौ स्थानमा रहेकी छिन् ।
नेपाल आईसीसी महिला टी-ट्वान्टी राष्ट्रको वरीयतामा समेत यथावत रहेको छ ।
आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत रहदै १४ औं स्थानमा रहेको हो ।
नेपाल अघिल्लो वरीयतामा समेत १४ औं स्थानमै रहेको थियो ।
नेपाली महिला क्रिकेट टिमले घरेलु भूमिमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) पछि कुनै अन्तराष्ट्रिय प्रतियोगिता खेलेको छैन । जसको कारण नेपालको वरीयतामा घटबढ भएको छैन ।
नेपाल एकदिवसीय वरीयतामा भने अटाउन सकेको छैन ।