एजेन्सी । वेस्ट इन्डिजका बलर मार्क्विनो मिन्डले कोरोना भाईरसको संक्रमणबाट मुक्त भएका छन् ।
दक्षिण अफ्रीकाविरुद्धको सिरिजका लागि बन्द प्रशिक्षणमा रहेका मार्क्विनोलाई कोरोना देखिएको थियो ।
कोरोना देखिएपछि उनी होटलमै सेल्फ आईसोलेसनमा बसेका थिए ।
तर, पछिल्लो पटक गरिएको परिक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको छ ।
कोरोनाबाट मुक्त भएसँगै उनी टिमको प्रशिक्षणमा फर्किएका छन् ।
मार्क्विनोसँगै सबै ३० सदसीय टिमको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
टिमका सबै सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएपछि वेस्ट इन्डिजको टोलीले सामुहिक प्रशिक्षण समेत थालेको छ ।
सिरिजका लागि वेस्ट इन्डिजको ३० सदस्सीय टिमले सेन्ट लुसियामा तयारी गरिरहेको छ ।
वेस्ट इन्डिजले घरेलु मैदानमा दक्षिण अफ्रीकासँग टेस्ट र टी-ट्वान्टी सिरिज खेल्नेछ ।
दक्षिण अफ्रीका र वेस्ट इन्डिजबीच दुई टेस्ट र पाँच टी-ट्वान्टी अन्तराष्ट्रिय खेल हुनेछ ।
दक्षिण अफ्रीका र वेस्ट इन्डिजबिचको टेस्ट सिरिज जुन १० देखि २२ सम्म र टी-ट्वान्टी सिरिज जुन २६ देखि जुलाई ५ सम्म हुनेछ ।