एजेन्सी । श्रीलंकाले अन्तिम तथा तेस्रो एकदिवसीयमा घरेलु टिम बंगलादेशलाई पराजित गरेको छ ।
ढाकामा शुक्रबार भएको खेलमा श्रीलंकाले बंगलादेशलाई ९७ रनले पराजित गरेको हो ।
अन्तिम खेलमा पराजित भएपनि तीन खेलको सिरिज बंगलादेशले २-१ ले जितेको छ ।
श्रीलंकाले दिएको २ सय ८७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बंगलादेशले ४२ ओभर ३ बलमा अलआउट हुँदै १ सय ८९ रन बनायो ।
बंगलादेशका लागि ममुदुल्लाहले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मोसाडेक हुसेनले ५१ रनको अर्धशतकीय इनिङ्स खेल्दा मुस्फिकर रहमानले २८ रन बनाए ।
श्रीलंकाका दुश्मन्था चामिराले ५ विकेट लिए । वानिन्दु हसरंगा र रमेश मेन्डीसले २/२ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ८६ रन बनाएको थियो।
श्रीलंकाका लागि कप्तान कुशल परेराले १ सय २० रनको शतकीय इनिङ्स खेले ।
धनन्जय डी सिल्भाले अविजित रहदै ५५ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै दनुश्का गुनाथिलकाले ३९ रन जोड्दा कुशल मेन्डीसले २२ रन जोडे ।
वानिन्दु हसरंगा १८ रनमा आउट भए ।
बंगलादेशका तास्किन अहमेदले ४ विकेट लिए ।