एजेन्सी । इंग्ल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चरको चोटको शल्यक्रिया गरिएको छ ।
इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले आर्चरको चोटको शुक्रबार शल्यक्रिया गरिएको जनाएको छ ।
आर्चरको दाहिने हातको कुहिनोको चोटको शल्यक्रिया गरिएको हो ।
चोटको सफल शल्यक्रियापछि आर्चर रिहाबमा रहेको पनि बोर्डले जनाएको छ ।
उनले घरेलु मैदानमा हुने न्युजिल्याण्डविरुद्धको टेस्ट सिरिज समेत गुमाउने छन् ।
इंग्ल्यान्डले जुनमा न्युजिल्याण्डसँग दुई खेलको टेस्ट सिरिज खेल्नेछ । पहिलो टेस्ट जुन २ मा लर्ड्समा सुरु हुनेछ ।
चोटकै कारण उनले ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) गुमाएका थिए ।
चोट मुक्त हुँदै उनी काउन्टी च्याम्पियनसिप खेलेका थिए । तर, उनको चोट पुन बल्झिएको बताईएको छ ।