काठमाडौं । आईसीसीको टी-ट्वान्टी वरीयतामा नेपालका चार खेलाडी परेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले अपडेट गरेको टी-ट्वान्टी क्रिकेटको नयाँ वरीयतामा नेपालका चार खेलाडी अटाएका हुन् ।
नयाँ वरीयता अनुसार नेपालका युवा खेलाडी कुशल भुर्तेलको वरीयता यथावत रहेको छ ।
ब्याटिङ वरीयतामा कुशल ६१ औं स्थानमा रहेका छन् ।
घरेलु भूमिमा जारी त्रिकोणात्मक टी-ट्वान्टी सिरिजमा उत्कृष्ट प्रदर्शन गरेपछि कुशल वरीयतामा परेका हुन् ।
नयाँ वरीयतामा नेपालका पूर्व कप्तान पारस खड्का ८८ औं स्थानमा यथावत रहेका छन् ।
यस्तै कप्तान ज्ञानेन्द्र मल्ल ९४ औं स्थानमा रहेका छन् ।
बलिङ वरीयतामा नेपालका सन्दीप लामिछाने ७७ औं स्थानमा यथावत रहेका छन् ।
नेपाल टी-ट्वान्टी वरीयताको १३ औं स्थानमा रहेको छ ।