एजेन्सी । पाकिस्तानी फास्ट बलर अनवर अलीलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
पाकिस्तान सुपर लिग (पीएसएल) टी-ट्वान्टी क्रिकेटका लागि युएई प्रस्थान गर्नु अघि अलीलाई कोरोना देखिएको हो ।
कराँचीमा गरिएको दोस्रो परिक्षणमा अलीको रिपोर्ट पोजेटिभ आएको हो । त्यसअघि पहिलो रिपोर्ट नेगेटिभ आएको थियो ।
कोरोना देखिएपछि अली कराँचीको होटलमा १० दिनको क्वारेन्टिनमा बसेका छन् ।
पीएसएलमा उनी क्वेटा ग्लाडीयटर्समा आबद्द छन् ।
पीएसएलको बाँकी खेलहरु युएईको अबुधाबीमा हुनेछ । कोरोना महामारीको कारण प्रतियोगिताको बाँकी खेलहरु युएईमा आयोजना गर्न लागिएको हो ।
पीएसएलमा अब २० खेलहरु बाँकी रहेको छ ।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) को प्रस्तावपछि युएईको आबुधाबी सरकारले पीएसएल गर्न अनुमति समेत दिएको थियो ।