एजेन्सी । पाकिस्तानी फास्ट बलर नासिम शाहले पाकिस्तान सुपर लिग (पीएसएल) टी-ट्वान्टी क्रिकेटको बाँकी खेलहरु गुमाउने भएका छन् ।
कोरोना भाईरसको प्रोटोकल उलंघन गरेपछि क्वेटा ग्लाडीयटर्समा आबद्द शाहले पीएसएल गुमाउने भएका हुन् ।
शाह प्रतियोगिताका लागि दुबई जानु अघि कोरोनाको नेगेटिभ रिपोर्टसहित लाहोर आईपुगेका थिए ।
तर, उनले ल्याएको पीसीआर नतिजा पूर्ण नभएको बताईएको छ । जसको कारण उनलाई टिमबाट हटाईएको छ ।
पीएसएलको बाँकी खेलहरु युएईमा हुनेछ । कोरोना महामारीको कारण प्रतियोगिताको बाँकी खेलहरु युएईमा आयोजना गर्न लागिएको हो ।
पीएसएलमा अब २० खेलहरु बाँकी रहेको छ ।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) को प्रस्तावपछि युएईको आबुधाबी सरकारले पीएसएल गर्न अनुमति समेत दिएको छ ।
पीसीबीले तीन साता अघि प्रतियोगिता आयोजनाका लागि युएई क्रिकेट बोर्ड समक्ष प्रस्ताव गरेको थियो ।
फ्रेन्चाईज टिमले बाँकी रहेको खेलहरु युएईमा आयोजना गर्न आग्रह गरेपछि पीसीबीले युएईसामु प्रस्ताव गरेको हो ।
पीएसएलमा सहभागी ६ टिमले कराँचीमा तय भएको बाँकी खेल युएईमा गर्न पीसीबीलाई आग्रह गरेको थियो ।
कोरोना भाईरसको दोस्रो लहर बढेसँगै फ्रेन्चाईज टिमले बाँकी खेल पाकिस्तानमा नगराउन आग्रह गरेको हो ।