एजेन्सी । पहिलो एकदिवसीय क्रिकेटमा घरेलु टिम बंगलादेशले श्रीलंकालाई पराजित गरेको छ ।
ढाकामा आइतबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई ३३ रनले हराएको हो ।
बंगलादेशले दिएको २ सय ५८ रनको लक्ष्य पछ्याएको श्रीलंका ४८ ओभर १ बलमा अलआउट हुँदै २ सय २४ रनमा समेटियो ।
श्रीलंकाका लागि वानिन्दु हसरंगाले ७४ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।
यस्तै कप्तान कुशल परेराले ३० रन जोड्दा कुशल मेन्डिसले २४ रन बनाए । दनुस्का गुनाथिलका र इशुरु उडनाले समान २१/२१ रन बनाए ।
बंगलादेशका मेहदी हसन मिराजले ४ विकेट लिए । मुस्ताफिजुर रहमानले ३ तथा मोहमद सैफुदीनले २ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ५७ रन बनाएको थियो ।
बंगलादेशका लागि मुस्फिकर रहिमले सर्वाधिक ८४ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै महमुदउल्लाहले ५४ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान तमिम इकबालले ५२ रनको अर्धशतकीय इनिङ्स खेले ।
अफिफ होसेनले अविजित २७ रन जोड्दा मोहमद सैफुदीन १३ रनमा अविजित रहे ।
शकिब अल हसन १५ रनमा आउट भए ।
श्रीलंकाका लगी धनन्जय डी सिल्भाले ३ विकेट लिए । दुश्मन्था चामिरा, दनुश्का गुनाथिलका र लक्षण सन्दुकनले एक एक विकेट लिए ।
यस जितसँगै तीन खेलको एकदिवसीय सिरिजमा बंगलादेशले १-० को अग्रता बनाएको छ ।