एजेन्सी । एसिया कप टी-ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगित भएको छ ।
एसियन क्रिकेट काउन्सिल (एसीसी) ले आइतबार एसिया कप क्रिकेट स्थगित गरिएको जनाएको छ ।
कोरोना भाईरसको महामारीको कारण प्रतियोगिता स्थगित गरिएको एसीसीले जनाएको छ ।
एसीसीले स्थगित एसिया कप २०२३ मा आयोजना गरिने जनाएको छ ।
सन् २०२२ मा एसिया कप आयोजनाको तय भईसकेको कारण यस संकरणको एसिया २०२३ मा हुने बताईएको छ ।
श्रीलंकामा हुने एसिया कप यस वर्षको मध्यमा आयोजना गरिने तय थियो ।
गत वर्ष पाकिस्तानमा हुने भनिएको एसिया कप कोरोना भाईरसको कारण एक वर्ष स्थगित गरिएको थियो ।
प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ ।