एजेन्सी । घरेलु टिमसँगको सिरिजका लागि बंगलादेश पुगेका श्रीलंकाका दुई खेलाडी र एक प्रशिक्षकमा कोरोना भाईरसको संक्रमण देखिएको छ ।
पछिल्लो पटक गरिएको परिक्षणमा दुई खेलाडी र एक प्रशिक्षकमा कोरोना देखिएको हो ।
कोरोना संक्रमित खेलाडी र प्रशिक्षकको नाम गोप्य राखिएको छ ।
कोरोना देखिएपछि उनीहरु सेल्फ आईसोलेसनमा बसेका छन् ।
ढाकामा बंगलादेश र श्रीलंकाबीच तीन खेलको एकदिवसीय सिरिज हुनेछ ।
आईसीसी एकदिवसीय सुपर लिग अन्तर्गत रहेको सिरिजको पहिलो खेल आज हुनेछ ।
यस्तै दोस्रो खेल मे २५ र अन्तिम खेल मे २८ मा हुनेछ ।