काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) टी-ट्वान्टी क्रिकेट टिम लाहोर क्वालन्डर्सले नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई रिलिज गरेको छ ।
लाहोरले शनिबार सन्दीपलाई रिलिज गर्दै पुन: राशिद खानलाई टिममा बोलाएको छ ।
कोरोना भाईरसको महामारीले प्रतियोगिता स्थगित हुनु अघि सन्दीपलाई लाहोरले राशिदकै स्थानमा अनुबन्ध गरेको थियो ।
तर, प्रतियोगिता स्थगित हुँदा सन्दीप कराँची पुगेर एक खेल नखेली घर फर्किएका थिए ।
कोरोनाले स्थगित पीएसएलको बाँकी खेलहरु युएईको आबुधाबीमा हुँदैछ ।
पीएसएलमा अब २० खेलहरु बाँकी रहेको छ ।
पीएसएल खेल्ने खेलाडी र अफिसियलको कोरोना परिक्षण समेत भईसकेको छ ।
पाकिस्तानको लाहोरमा शनिबार ६ टिमका खेलाडी र अफिसियलको कोरोना परिक्षण गरिएको हो ।
पीएसएलको बाँकी खेलका लागि युएई जानु अघि खेलाडी र अफिसियलले पीसीआर टेस्ट गराएका हुन् ।