एजेन्सी । बंगलादेशका पूर्व कप्तान तथा बंगलादेश क्रिकेट बोर्डका डिरेक्टर खालिद महमुदलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
कोरोना देखिएपछि महमुद घरमै आइसोलेसनमा बसेका छन् ।
कोरोना देखिएपछि खालिदले श्रीलंकाविरुद्धको सिरिजमा टिम डिरेक्टरको भूमिका नपाउने भएका छन् ।
४९ वर्षीय खालिद बंगलादेश टिमको बायो बबल्समा बस्ने तयारीमा थिए ।
बंगलादेशले ढाकामा श्रीलंकासँग एकदिवसीय सिरिज खेल्दैछ ।
घरेलु टिम र श्रीलंकाबीचको पहिलो एकदिवसीय मे २३ मा हुनेछ ।
श्रीलंकाको टिम बंगलादेश आईसकेका छन् ।