एजेन्सी । पाकिस्तान सुपर लिग (पीएसएल) टी-ट्वान्टी क्रिकेटको बाँकी खेलहरु युएईमा आयोजना गर्नका लागि अनुमति मिलेको छ ।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) को प्रस्तावपछि युएईको आबुधाबी सरकारले पीएसएल गर्न अनुमति दिएको क्रिकइन्फोले जनाएको छ ।
यस्तै प्रतियोगिता सामेल हुनेले अनिवार्य खोप लगाउनु पर्ने बताईएको छ ।
युएईको अनुमतिसँगै पीसीबीले सहभागी ६ टिमसँग छलफल अघि बढाएको छ ।
पीसीबीले दुई साता अघि प्रतियोगिता आयोजनाका लागि युएई क्रिकेट बोर्ड समक्ष प्रस्ताव गरेको थियो ।
फ्रेन्चाईज टिमले बाँकी रहेको खेलहरु युएईमा आयोजना गर्न आग्रह गरेपछि पीसीबीले युएईसामु प्रस्ताव गरेको हो ।
पीएसएलमा सहभागी ६ टिमले कराँचीमा तय भएको बाँकी खेल युएईमा गर्न पीसीबीलाई आग्रह गरेको थियो ।
कोरोना भाईरसको दोस्रो लहर बढेसँगै फ्रेन्चाईज टिमले बाँकी खेल पाकिस्तानमा नगराउन आग्रह गरेको हो ।
कोरोनाको कारण रोकिएको प्रतियोगिताको बाँकी खेलहरु जुन २ बाट हुने तालिका रहेको छ ।
यस्तै फाइनल खेल जुन २० मा कराँचीमा हुने तालिका रहेको छ ।
पीएसएलमा अब २० खेलहरु बाँकी रहेको छ ।