एजेन्सी । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट खेलेर घर फर्किएका इंग्ल्यान्डका खेलाडीले न्युजिल्याण्डविरुद्धको पहिलो टेस्ट गुमाउन सक्ने भएका छन् ।
इंग्ल्यान्ड र न्युजिल्याण्डबीचको पहिलो टेस्ट जुन २ बाट सुरु हुनेछ ।
भारतबाट घर फर्किएका खेलाडीको क्वारेन्टिन अवधि यसै हप्ता सकिदैछ ।
तर, कोरोना भाईरसको महामारीबाट जोगिन इंग्ल्यान्ड सरकारले बनाएको कडा नियमको कारण उनीहरुले पहिलो टेस्ट गुमाउने भएका हुन् ।
क्वारेन्टिन अवधि सकिएपनि उनीहरुलाई तत्काल टिममा सामेल नगराईने भएको छ ।
कोरोना भाईरसको संक्रमण बढेसँगै आईपीएल अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।
आईपीएल स्थगित भएपछि इंग्ल्यान्डका ११ खेलाडी घर फर्किएका थिए ।
आईपीएलमा इंग्ल्यान्डका ११ खेलाडीले विभिन्न टिमबाट खेलिरहेका थिए ।
जोनी बेयर्सटो, जोस बट्लर, साम कुरान, टम कुरान, साम बिलिंग्स, क्रिस वोक्स, मोइन अलि, इयान मोर्गन, डाविड मालन र क्रिस जोर्डन र जासन रोयले आईपीएल खेलेका थिए ।