एजेन्सी । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले टी-ट्वान्टी विश्वकप क्रिकेटमा सहभागी टिमको संख्या बढाउने तयारी थालेको छ ।
आईसीसीले टी-ट्वान्टी विश्वकपमा टिमको संख्या २० बनाउने तयारी थालेको क्रिकइन्फोले जनाएको छ ।
टी-ट्वान्टी विश्वकपमा १६ टिमले प्रतिस्पर्धा गर्दै आईरहेका छन् । तर, क्रिकेट खेलको विस्तारको लागि आईसीसीले टिम संख्या थप गर्ने योजना बनाएको हो ।
यसै वर्ष भारतमा आयोजना हुने विश्वकपमा १६ टिमले खेल्ने छन् ।
तर, सन् २०२४ मा आयोजना हुने विश्वकपमा भने टिम संख्या बढाउने आईसीसीको योजना रहेको छ ।