एजेन्सी । न्युजिल्याण्डका विकेटकिपर ब्याट्सम्यान विजे वाटलिङले इंग्ल्यान्ड भ्रमणपछि सन्यास लिने भएका छन् ।
न्युजिल्याण्डले आगामी जुनमा इंग्ल्यान्डको भ्रमण गर्नेछ । उक्त भ्रमणपछि वाटलिङले सबै फर्म्याटको क्रिकेटबाट सन्यास लिने भएका हुन् ।
इंग्ल्यान्ड भ्रमण दौरान वाटलिङले भारतविरुद्ध हुने टेस्ट च्याम्पियनसिपको फाइनल खेल्नेछन् ।
यस्तै इंग्ल्यान्डविरुद्ध दुई टेस्ट सिरिज खेल्ने छन् ।
'मेरो लागि यो सहि समय छ,' सन्यासबारे वाटलिङले भनेका छन् ।
३५ वर्षीय वाटलिङले राष्ट्रिय टिमका लागि २००९ मा डेब्यु गरेका थिए ।
वाटलिङले सबै फर्म्याट गरि न्युजिल्याण्डका लागि १ सय ६ खेल खेलेका छन् । जसमा ४ हजार ३ सय ८४ रन जोड्दा २ सय ८२ क्याच लिएका छन् ।