काठमाडौं । पाकिस्तानका कप्तान तथा ब्याट्सम्यान बाबर आजमले आईसीसीको 'प्लेयर अफ दि मन्थ' अवार्ड जितेका छन् ।
आजमले अप्रिल महिनाको 'प्लेयर अफ दि मन्थ' अवार्ड जितेका हुन् ।
अवार्ड जित्ने क्रममा आजमले नेपालका युवा ब्याट्सम्यान कुशल भुर्तेल र पाकिस्तानकै फखर जमानलाई पारे ।
घरेलु भूमिमा भएको त्रिकोणात्मक टी-ट्वान्टी सिरिजमा उत्कृष्ट प्रदर्शन गरेपछि कुशल पहिलो पटक अवार्डको मनोनयनमा परेका थिए ।
नेदरल्यान्ड्स र मलेसिया सम्मलित सिरिजमा कुशलले ४ अर्धशतक बनाएका थिए ।
कुशल टी-ट्वान्टीको ब्याटिङ वरीयताको ६१ औं स्थानमा रहेका छन् ।