एजेन्सी । श्रीलंकाले ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको बाँकी खेलहरु आयोजना गर्नका लागि चाँसो देखाएको छ ।
श्रीलंका क्रिकेटले आईपीएलको बाँकी खेल आयोजना गर्ने इच्छा देखाएको क्रिकइन्फोले जनाएको छ ।
श्रीलंकाले आईपीएल आयोजनाका लागि ४ रंगशालालाई अगाडी सारेको छ ।
बीसीसीआईले सहमति जनाएमा श्रीलंका प्रतियोगिताको बाँकी खेल गराउन तयार रहेको बताईएको छ ।
कोरोना भाइरसको कारण आईपीएल अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
बीसीसीआईले प्रतियोगितालाई पूर्णता दिन युएईलाई वैकल्पिक राष्ट्रको रुपमा हेरेको छ ।
पछिल्लो समय इंग्ल्यान्डको काउन्टी क्लबले समेत आईपीएल आयोजनाका लागि चाँसो देखाईरहेको छ ।
प्रतियोगिता स्थगित हुनु अघि दिल्ली क्यापिटल्स शीर्ष स्थानमा रहेको छ । दिल्लीले ८ खेलमा १२ अंक जोडेको छ ।
यस्तै चेन्नई दोस्रो र बैंगलोर तेस्रो स्थानमा रहेको छ ।