एजेन्सी । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेट टिम कोलकत्ता नाइट राईडर्सका बलर प्रसिद्द कृष्णालाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
कोलकत्ताले तीब्र गतिका बलर कृष्णालाई कोरोना देखिएको जनाएको छ ।
कोरोना देखिएपछि उनी १० दिनको सेल्फ आईसोलेसनमा बसेको बताईएको छ ।
कृष्णा कोरोना देखिने कोलकत्ताका चौंथो खेलाडी हुन् ।
यस अघि वरुण चक्रवर्ती, सन्दीप वारियर र टिम साईफर्टलाई कोरोना देखिएको थियो ।
पछिल्लो समय आईपीएल खेलिरहेका थुप्रै खेलाडीहरुमा कोरोना संक्रमण देखिन थालेको छ ।
खेलाडीमा कोरोना देखिन थालेपछि बीसीसीआईले आईपीएल अनिश्चितकालका लागि स्थगित गरिसकेको छ ।