एजेन्सी । भारतमा जारी ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएपछि इंग्ल्यान्डका खेलाडी घर फर्किएका छन् ।
कोरोना भाईरसको संक्रमण बढेसँगै आईपीएल अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।
आईपीएल स्थगित भएपछि इंग्ल्यान्डका आठ खेलाडी बुधबार घर फर्किएका हुन् ।
आईपीएलमा इंग्ल्यान्डका ११ खेलाडीले विभिन्न टिमबाट खेलिरहेका थिए । घर फर्कन बाँकी तीन खेलाडी पनि घर फर्कने तयारीमा रहेको बताईएको छ ।
इंग्ल्यान्ड फर्कनेमा जोनी बेयर्सटो, जोस बट्लर, साम कुरान, टम कुरान, साम बिलिंग्स, क्रिस वोक्स, मोइन अलि र जासन रोय रहेका छन् ।
इयान मोर्गन, डाविड मालन र क्रिस जोर्डन भने भारतमै रहेका छन् ।
इंग्ल्यान्ड फर्किएपछि उनीहरु सरकारको प्रोटोकल अनुसार क्वारेन्टिनमा बसेको स्काई स्पोर्ट्सले जनाएको छ ।