काठमाडाै । नेपाली राष्ट्रिय टिमका पुर्व कप्तान लेखबहादुर (एलबी) क्षेत्रीले आत्मसंस्मरण निकाल्ने भएका छन् । स्थानीय क्लब हुदै नेपाली राष्ट्रिय टिमका कप्तान समेत बनेका क्रिकेटका पुर्व कप्तान क्षेत्रीले आत्मकथा निकाल्ने भएका हुन् ।
आत्मकथालाई क्रियटिभ बुक्सले बजारमा ल्याउनेछ ।
क्रिकेट जिवनका भोगाई र अनुभवलाई समावेश गर्दै आत्मकथा बजारमा ल्याउन लागिएको क्षेत्रीले जानकारी दिए । २०५२ सालमा बाँके टिमबाट डेब्यु गरेका उनले १२ औ संस्करणको जय ट्रफी खेलेपछि राष्ट्रिय टिममा परेका थिए ।
सन् १९९६ मा नेपाली टोलीले पहिलो मलेसियामा अन्तराष्ट्रिय प्रतियोगिता खेल्दा उनी उपकप्तान थिए । दुई बर्षपछि उनले नेपाली टिमको कप्तान बनेका थिए । महिला क्रिकेटको उर्वर भुमि मानिने नेपालगञ्जमा महिला खेलाडी उत्पादनको श्रेय समेत क्षेत्रीलाईनै जान्छ ।