काठमाडौं । ललितपुर मेयर्स-११ ले पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा एपीएफ क्लबलाई जितका लागि ६७ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ९ विकेट गुमाएर ६६ रन बनायो ।
ललितपुरका लागि कन्चन श्रेष्ठले सर्वाधिक १७ रन जोडिन । यस्तै कप्तान सरस्वती चौधरीले १२ रन बनाईन् ।
सन्तोषी चौधरी १३ रनमा अविजित रहिन् । अनुराधा चौधरी ८ रनमा आउट भईन् ।
ललितपुरलाई सस्तैमा समेट्न एपीएफकी बिना बुढाले ४ विकेट लिईन् । रेखा रावलले २ विकेट लिईन् ।
यस्तै कप्तान सिता राना मगर, सुमन विष्ट र करुणा भण्डारीको नाममा १/१ विकेट रह्यो ।
आज एपीएफ लगातार तेस्रो जित निकाल्ने योजनामा रहेको छ ।
यस अघिका दुई खेलमा एपीएफले जित निकालेको थियो । पहिलो खेलमा प्रदेश-१ लाई ८ विकेटले हराएको एपीएफले दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई ३७ रनले हराएको थियो ।
एपीएफले २ खेलमा ४ अंक जोडेको छ ।
ललितपुर भने दोस्रो जित निकाल्ने योजनामा रहेको छ । ललितपुरले २ खेलमा २ अंक जोडेको छ ।
पहिलो खेलमा सुदूरपश्चिमसँग पराजित ललितपुरले दोस्रो खेलमा लुम्बिनी प्रदेशलाई हराएको थियो ।