काठमाडौं । प्रदेश नम्बर-१ ले पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ ।
टियु क्रिकेट मैदानमा सोमबार भएको कहलमा लुम्बिनी प्रदेशलाई १० विकेटले पराजित गर्दै प्रदेश-१ ले पहिलो जित निकालेको हो ।
लुम्बिनी प्रदेशले दिएको १ सय ५ रनको लक्ष्य प्रदेश-१ ले १३ ओभर २ बलमा बिना विकेटको क्षतिमा पूरा गर्यो ।
प्रदेश-१ को जितमा कप्तान रुबिना क्षेत्रीले अर्धशतकीय इनिङ्स खेलिन् । रुबिना ६८ रनमा अविजित रहिन् ।
यस्तै काजल श्रेष्ठले अविजित रहदै २५ रन बनाईन् ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा २ विकेट गुमाएर १ सय ४ रन बनाएको थियो ।
लुम्बिनीका लागि सरस्वती मगरले ५० रनको अर्धशतकीय इनिङ्स खेलिन् । नेरी थापाले अविजित २० रन जोडिन ।
यस्तै नितु भण्डारी १८ रनमा आउट हुँदा वर्षा राना सुन्य रनमा आउट भईन ।
प्रदेश-१ की शबनम राईले एक विकेट लिईन् ।
जितसँगै प्रदेश-१ ले २ खेलमा २ अंक जोडेको छ ।
पहिलो खेलमा प्रदेश-१ एपीएफसँग ८ विकेटले पराजित भएको थियो ।
लुम्बिनीको यो लगातार दोस्रो हार हो ।
पहिलो खेलमा लुम्बिनी ललितपुर मेयर्स-११ सँग २७ रनले पराजित भएको थियो ।
प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ।
प्रतियोगिताको विजेताले ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछ ।
यस्तै उपविजेताले १ लाख ५० हजार पाउने क्यानले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सवुमनले १५/१५ हजार पाउने छन् ।