काठमाडौं । पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत लुम्बिनी प्रदेशले प्रदेश-१ लाई जितका लागि १ सय ५ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा २ विकेट गुमाएर १ सय ४ रन बनायो ।
लुम्बिनीका लागि सरस्वती मगरले ५० रनको अर्धशतकीय इनिङ्स खेलिन् । नेरी थापाले अविजित २० रन जोडिन ।
यस्तै नितु भण्डारी १८ रनमा आउट हुँदा वर्षा राना सुन्य रनमा आउट भईन ।
प्रदेश-१ की शबनम राईले एक विकेट लिईन् ।
आज प्रदेश-१ र लुम्बिनी पहिलो जितको खोजीमा रहेका छन् । अघिल्ला खेलमा दुबै टिम पराजित भएका थिए ।
पहिलो खेलमा प्रदेश-१ एपीएफसँग ८ विकेटले पराजित भएको थियो ।
यस्तै लुम्बिनी ललितपुर मेयर्स-११ सँग २७ रनले पराजित भएको थियो ।
प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ।
प्रतियोगिताको विजेताले ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछ ।
यस्तै उपविजेताले १ लाख ५० हजार पाउने क्यानले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सवुमनले १५/१५ हजार पाउने छन् ।