एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट टिम रोयल च्यालेन्जर्स बैंगलोरका ब्याट्सम्यान देवदत्त पडिकललाई कोरोना भाईरसको संक्रमण भएको छ ।
बैंगलोरले ब्याट्सम्यान पडिकललाई कोरोना देखिएको पुष्टि गरेको छ । उनलाई गत मार्च २२ मा कोरोना देखिएको बैंगलोरले जनाएको छ ।
बैंगलोरले कोरोना देखिएपछि पडिकल घरमै क्वारेन्टिनमा बसेको जनाएको छ ।
१४ औं संस्करणको आईपीएलका लागि टिमको तयारी अघि परिक्षण गर्दा उनलाई कोरोना देखिएको हो ।
आईपीएलको १४ औं संस्करण अप्रिल ९ बाट सुरु हुनेछ । प्रतियोगिताको फाइनल खेल मे ३० मा हुनेछ ।
चेन्नईमा हुने उद्घाटन खेलमा मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्ने छन् ।
आईपीएलका लागि अक्सन सम्पन्न भईसकेको छ ।
कोरोनाको महामारी बाबजुत १३ औं संस्करणको आईपीएल भने युएईमा आयोजना भएको थियो ।
फाइनलमा दिल्लीलाई हराएर मुम्बईले उपाधि जितेको थियो ।