काठमाडौं । पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ ।
टियु क्रिकेट मैदानमा हुने एक मात्र खेलमा प्रदेश-१ र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । प्रदेश-१ र लुम्बिनीबीचको खेल ११ बजे सुरु हुनेछ ।
आज प्रदेश-१ र लुम्बिनी पहिलो जितको खोजीमा हुनेछ । अघिल्ला खेलमा दुबै टिम पराजित भएका थिए ।
पहिलो खेलमा प्रदेश-१ एपीएफसँग ८ विकेटले पराजित भएको थियो ।
यस्तै लुम्बिनी ललितपुर मेयर्स-११ सँग २७ रनले पराजित भएको थियो ।
प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ।
प्रतियोगिताको विजेताले ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछ ।
यस्तै उपविजेताले १ लाख ५० हजार पाउने क्यानले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सवुमनले १५/१५ हजार पाउने छन् ।