एजेन्सी । रुस विश्वकप फुटबल अन्तर्गत कोष्टारिका र सर्बियाबीचको पहिलो हाफ बराबरीमा सकिएको छ । समारा रंगशालामा भएको पहिलोे हाफको खेल गोल रहित बराबरीमा सकिएको हो ।
दक्षिण अमेरिकी राष्ट्र कोष्टारिका र युरोपियन राष्ट्र सर्बियाले पहिलो हाफमा गोलका केही मुभ बनाएपनि त्यसलाई गोलमा परिणत गर्न सकेनन् । कोष्टारिकाको गोलकिपर नाभासले केही उत्कृष्ट बचाउ गर्दै सर्बियालाई निराश पारेका छन् । खेल नियन्त्रणमा राखेपनि सर्बियाले गोल गर्न सकेको छैन ।
कोष्टारिकाले सन् २०१४ को ब्राजिल विश्वकपमा क्वाटरफाइनलसम्मको यात्रा तय गरेको थियो । त्यसअघि सन् २००२ र २००६ मा समूह चरणबाटै बाहिरिएको कोष्टारिकाले सन् १९९० को विश्वकपमा भने अन्तिम १६ को यात्रा गरेका थियो ।