काठमाडौं । नेपाल विद्यालय भलिबल कमिसनको अध्यक्षमा राम बहादुर केसी निर्वाचित भएका छन् । कमिसनको पहिलो बिशेष साधारण सभाले शुक्रबार न्युटन हाईस्कुलका प्रिन्सिपल केसीको अध्यक्षतामा १३ सदस्य कार्यसमिति निर्विरोध चयन भएका हुन् ।
कमिसनको उपाध्यक्षमा न्युडायमण्ड एकेडेमीका प्रिन्सिपल कुमार राई र हिमचुली एकेडेमीका डाईरेक्टर युवराज श्रेष्ठ रहेका छन् । त्यस्तै हिमरश्मी हाईस्कुलका प्रिन्सिपल लोकेन्द्रवहादुर खड्का सचिव र सामाखुसी बोडिङ स्कुल(सेब)का प्रिन्सिपल युवाराज थापा कोपाध्यक्षको पूनः जिम्मेवारी पाएका छन् ।
कमिसनको सदस्यमा मनास्लु स्कुलका प्रिन्सिपल भक्तकुमार श्रेष्ठ,ज्ञानसुदा एकेडेमीका प्रिन्सिपल प्रमोद जिसी,सेन्डेबिजका प्रिन्सिपल अम्बिका ओली,नबसुन्ता खाँन एकेडेमीका प्रिन्सिपल सुदर्शन थापा,ज्ञानसिखा स्कुलका प्रिन्सिपल रामवाबु अधिकारी,अरुणोदय स्कुलका प्रिन्सिपल भिमसेन केसी,अनलज्याती स्कुलका प्रिन्सिपल निरोज महर्जन र नाईटिंगेल स्कुलकी प्रिन्सिपल रन्जना प्रधान रहेका छन् ।
कमिसनको सल्लाहाकरमा नेपाल भलिबल संघका महासचिव जितेन्द्रवहादुर चन्द,प्याब्सन उपत्यका प्रदेश अध्यक्ष थकिनकुमार गुरुङ र महेन्द्र राष्ट्रिय माबीका प्राचार्य भिमप्रसाद पोखरेल रहेका छन् ।
निर्विरोध निर्वाचित कमिटिलाई नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्माले पद तथा गोपनियताको सपथ गराएका थिए ।