बिहिबार, १० बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

‘खेलाडीको आधारभुत आवश्यकता पूरा भएकाे छैन’

आइतबार, १५ चैत्र २०७७गिता राई
‘खेलाडीको आधारभुत आवश्यकता पूरा भएकाे छैन’
Loading ad...
mustang rice ad

काठमाडौं । भलिबल नेपालमा लोकप्रिय छ । यसको लोकप्रियतालाई देखेरै सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गर्यो । तर राज्यबाट यसले विशेष पूर्वाधार र बजेट पाउन सकेको छैन ।
राष्ट्रिय खेल बनेपनि भलिबलमा तात्विक फरकपन आएको छैन । खेलाडीको जीवनस्तर फेरिन सकेको छैन ।

भलिबल राष्ट्रिय खेल बन्नु र खेलाडी राष्ट्रका गहना भन्नु उस्तै भएको छ । खेलाडी आर्थिक पक्ष बलियो नभएसम्म सम्बन्धित खेलले प्रगति गर्न सक्दैन । गौरवमय इतिहास र अमुर्त नाराले मात्र खेल र खेलाडीको विकास हुदैन ।

पछिल्ला दुई वर्षमा भलिबले गौरवमय ईतिहास रचेको छ । एभीसी सेन्ट्रल जोनको स्वर्ण पदकदेखि सागको ऐतिहासिक रजत पदक महिला भलिबल टिमले जित्न सफल बन्यो । राज्यले नगद सहित सम्मान पनि गर्यो । तर भलिबललाई अघि बढाउने राज्यको तत्कालिन र दिर्घकालिन योजना देखिदैन ।

नेपालको भलिबलको वर्तमान अवस्था, चुनौती र सम्भावनाको विषयमा खेलपाटीकी गीता राईले भलिबलकी पूर्व कप्तान अन्जु श्रेष्ठसँग कुराकानी गरेकी छिन् ।

भलिबल विकासका लागि पहिलो प्राथमिकता के हुनुपर्ला ?

भलिबल विकासको लागि सबैभन्दा पहिला ट्रेनिङ नै हुनुपर्छ । जतिपनि खेल हुन्छन्, सबै व्यवस्थित ढङ्गले खेलाडी उत्पादनदेखि लामो अवधिको योजनाका साथ अघि बढ्नपर्छ । यसले भलिबलको विकासमा सहयोग पुग्दछ ।

भलिबलको कुन पक्षमा हाम्रो कमजोरी देखिन्छ ?

जतिपनि कमीकमजोरी छन्, त्यसमा सुधार ल्याउनुपर्छ । सबैतिर व्यवस्थित तरिकाले एकै खालको अभ्यास हुनुपर्छ । जतिपनि खेलाडी छन्, सबैले गाउँबाट सिकेर आएका हुन्छन् । त्यसमध्यबाट सम्भावित खेलाडीलाई छनोट गरेर उनीहरुलाई उमेर अनुसार बन्द प्रशिक्षणमा राखेर ट्रेनिङ गराउन सकिरहेका छैनौं । त्यो नै हाम्रो सबैभन्दा ठूलो कमजोरी हो ।

अहिले सिमित टिम मात्र देखिरहेका छौँ । नयाँ खेलाडीलाई देख्न सकिरहेका छैन । नयाँ उत्पादन भएका छैनन् । पुराना खेलाडी कति वर्षसम्म खेल्छन् र उनीहरुले कतिसम्म नेपाललाई अन्तराष्ट्रिय मञ्चमा उपस्थित गराउँछन् भन्ने मुख्य प्रश्न हो । त्यसपछिका खेलाडीहरु आउनु पर्यो, उत्पादन हुनुपर्यो । ती खेलाडीको भविष्य सुनिश्चित हुनुपर्यो ।

हाम्रोमा प्रशिक्षकको कमी भइरहेको छ । खेलाडीहरु छन् । तर उनीहरुलाई राम्रो ट्रेनिङ गराउने, सबै जिल्लामा प्रशिक्षकहरु पुगेका छन् कि छैनन् भनेर ध्यान दिनुपर्छ ।

तत्काल भलिबलको कुन पक्षमा सुधार आवश्यक देख्नुहुन्छ ?

जतिपनि खेलाडी छन्, सबै आर्मी, पुलिस, सशस्त्रमा छन् । ती बाहेकका खेलाडीको भविष्य के त ?

खेलिसकेपछि उनीहरुको सुरक्षा, भविष्यनै छैन । खेलपछि के त ? राष्ट्रिय टिमपछि उनीहरुले के गर्छन् ? त्यो कुरानै अन्यौलमा छ । राम्रो व्यवस्थित हुन सकिरहेको छैन । जतिपनि खेलको व्यवसायीकरण हुनुपर्ने हो, त्यो हुन सकिरहेको छैन । ती कुरामा सुधार ल्याउनुपर्छ ।
मुख्यत हामीले ग्रासरुट विकासमा नै ध्यान दिनुपर्छ । ग्रासरुटदेखि नै सुधार गर्दै लगेको खण्डमा यसले भविष्यमा सकारात्मक योगदान गर्छ । ट्रेनिङका साधन पुगेको छैन, उपत्यका बाहिरका टिमको अवस्था कस्तो छ ? त्यसमा क्रमिक रुपमा सुधार ल्याउनुपर्छ ।

हाम्रो प्रशिक्षण र अभ्यासको संरचना कस्तो बनाउनुपर्छ ?

विभागको ट्रेनिङ भइरहेको हुन्छ । तर त्यो भन्दा बाहेकका टिमका खेलाडीलाई ट्रेनिङ दिनुपर्छ । ७७ वटै जिल्लामा प्रशिक्षक उपलब्ध गराएर आधारभुत रुपमै ट्रेनिङ दिन सकेको खण्डमा मात्र सफलता हासिल गर्न सक्छौ । त्यसमा अलिकति अभाव भएको छ । दरबन्दीमा रहेको प्रशिक्षक एकदमै न्यून छन् ।

कुन–कुन ठाउँमा कसले ट्रेनिङ गराएका छन् ? प्रशिक्षकले गराएको ट्रेनिङ राम्रो छ कि छैन ? त्यो मुल्याङ्कन भएको छैन ।
उनीहरुले सिकाएको टेक्निकमा पनि सुधार आएको छैन । जस्तो प्रशिक्षक उत्पादन हुनुपर्ने हो, त्यो भइरहेको छैन । उत्कृष्ट प्रशिक्षक प्रदान गर्न सकेको खण्डमा मात्र राम्रो खेलाडी उत्पादन हुन्छन् ।

गाउँ घरमा खेलेको भरमा मात्र खेलाडी आइरहेका छन् । राम्रो प्रशिक्षित खेलाडीहरु हाम्रोमा निकै कम छन् । उचित रुपमा ट्रेनिङहरु भएको छ कि छैन, त्यो पनि हेर्नुपर्दछ । त्यो जिम्मेवारी प्रशिक्षकको हो ।

खेलाडीहरु प्रतियोगितामा छन् । तर प्रतियोगितामा आधारभुत आवश्यकता पुगेको छ कि छैन भनेर बुझ्न आवश्यक छ । प्रतियोगितामा धेरै लगानी गरिरहेका हुन्छन्, खेलाडी खेल्न जान्छन्, घाइते हुन्छन् । घाइते हुँदा कति घाटा हुन्छ ? यसको उदाहरण हामीले देखिरहेका छौ ।

प्रतियोगिताहरु अहिले धेरै भइरहेको छ । तिनीहरु कतिको ग्यापमा भए ? प्रतियोगितामा धेरै राष्ट्रिय खेलाडीहरु सहभागी भइरहेका छन् । प्रतियोगिता कस्तो खालको भएको छ ? त्यसमा सुधार भएको छ कि छैन ? त्यसको मुल्याङ्कन हुनुपर्छ ।

भलिबलमा खेलाडीको भविष्य कत्तिको सुनिश्चित देख्नुहुन्छ ?

सागपछि कोरानाको कारण खेलाडीको ट्रेनिङ रोकिएको थियो । खेलाडीको अवस्था के छ ? भनेर बुझिएको थिएन । प्रतियोगिता भइरहेका छन्, तैपनि त्यसमा अनुगमन कमी भएको हो कि ?

खेलाडी खेलमा लागिसकेपछि उनीहरुको भविष्य सुनिश्चित हुनुपर्छ । भलिबल राष्ट्रिय खेल भइसकेपछि जस्तो विकास हुनुपर्ने हो, त्यो स्तरमा विकास भएको छ कि छैन ?

राष्ट्रिय खेल भनेको छ, खेलाडीको आधारभुत आवश्यकता पुरा गर्न सकिएको छैन ।
खेलाडीको भविष्य सुनिश्चित भए मात्र नयाँ खेलाडी आउँछन् । खेलाडी घाइते भइरहेका हुन्छन् तर बिमा छैन । विभिन्न सुविधा दिएमा मात्र खेलाडीलाई खेलप्रति आकर्षित गर्न सकिन्छ । हाम्रोमा सिमित खेलाडी मात्र छन् र तिनीहरु मात्र खेलिरहेका छन् । नयाँ खेलाडीलाई यसमा आकर्षित गर्न सकिरहेको अवस्था छैन ।

खेलाडीको पलायनलाई रोक्न कस्तो कदम चालिनुपर्छ ?

अहिले खेलमा लागेका खेलाडीहरु उनीहरुको भविष्य सुरक्षित छ कि छैन भनेर अन्यौलमा छन् । उनीहरुलाई उत्कृष्ट मौकाहरु आएको खण्डमा अवश्य छोडेर जान्छन् । त्यस्तो अवस्था छ ।
खेलसँग सम्बन्धित जति पनि निकाय छन्, उनीहरुले ध्यान पुर्याउनुपर्छ ।
खेलाडीलाई भलिबलमा टिकाई राख्न के गर्नुपर्छ ? भविष्य सुनिश्चित गर्न के गर्नुपर्छ ? त्यो कुरामा ध्यान दिन सक्यो भने हामीले भलिबलमा आश राखेको अनुसार विकास गर्न सक्छौं ।
सबैले आफ्नो ठाउँबाट कोशिश गरिरहेका छन्, तर कहाँ के नमिलेको जस्तो अवस्था भइरहेको छ ।
खेलाडीहरु आफैमा सन्तुष्ट छैनन् । खेलाडीहरु देशका गहना हुन्, त्यसैले उनीहरु खुशी छन् कि छैनन् भनेर बुझ्न आवश्यक छ । खेलेर सन्यास लिएका खेलाडीहरु त्यसै हराएर गइरहेका छन् । उनीहरुको कामको कदर छैन । उनीहरुलाई पनि संरक्षण गरिनुपर्छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आर्मीमाथि एपीएफ हाबी

आर्मीमाथि एपीएफ हाबी

हेल्प नेपालको कप्तानी चिरनले गर्ने

हेल्प नेपालको कप्तानी चिरनले गर्ने

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
आर्मीमाथि एपीएफ हाबी

आर्मीमाथि एपीएफ हाबी

फुटबलरको ज्यान बचाउन पानी बेच्दै युवा

फुटबलरको ज्यान बचाउन पानी बेच्दै युवा

पेनाल्टी हान्दा यमल घाइते

पेनाल्टी हान्दा यमल घाइते

रियलसँग फेरि बार्सिलोनाको ९ अंकको अग्रता

रियलसँग फेरि बार्सिलोनाको ९ अंकको अग्रता

पथरीलाई हराउँदै मच्छिन्द्र फाइनलमा

पथरीलाई हराउँदै मच्छिन्द्र फाइनलमा

पुलिस चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा

पुलिस चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

नेपालको मुस्किलको जित

नेपालको मुस्किलको जित