आइतबार, २४ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

त्रिदेशीय फुटबल – एन्फाले दिन खाेजेका तीन सन्देश

बिहिबार, १२ चैत्र २०७७हिम बिक्रम केसी
त्रिदेशीय फुटबल – एन्फाले दिन खाेजेका तीन सन्देश
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल, बंगलादेश र किर्गिस्तान सम्मिलित त्रिदेशीय फुटबल काठमाडौंमा सुरु भएको छ । बिहिबार नेपालले आफ्नो पहिलो खेलमा किर्गिस्तानसंग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा बंगलादेशसंग पराजित किर्गिस्तानले दोस्रो खेलमा घरेलु टोलीसंग खेल्न लागेको हो ।

विश्वकप छनोटको खेल स्थगित बनेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) चार देशीय फुटबल प्रतियोगिताको आयोजनामा जुटेको थियो । सुरुमा चार देशलाई सहभागी गराउने लक्ष्य थियो । तर सम्भव भएन । त्यसपछि तीन देशलाई समावेश गर्दै त्रिदेशीय प्रतियोगिताको घोषणा गरियो । फिफाले उपलब्ध गराएको समय अनुसार प्रतियोगिता सुरु भएको छ । अर्थात नतिजाले फिफा वरियतामा समेत प्रभाव पार्नेछ ।

चैतका लागि तय भएको विश्वकप छनोटका खेल स्थगित बन्ने बित्तिकै एन्फाले त्रिदेशीय फुटबल प्रतियोगिताको तयारी थालेको हो । घरेलु मैदानमा फुटबल प्रतियोगिता आयोजना गर्न एन्फासामु दबाब पनि थियो । प्रतियोगितामार्फत एन्फा मुख्य गरि तीन सन्देश दिन चाहन्छ ।

पहिलो – ७२ सालको भुकम्पपछि दशरथ रंगशाला क्षतीग्रस्त बन्यो । रंगशाला पुननिर्माणले निकै समय लियो । गत मंसिरमा साग खेलकुदको संघारमा मात्र रंगशाला बन्यो । राखेपले फुटबल सहितका खेलहरु रंगशालामा आयोजना गर्यो । लगत्तै कोरोनाले एक वर्ष घरेलु खेलकुद प्रभावित बन्यो । अर्थात विगत ६ वर्षदेखि एन्फाले दशरथ रंगशालामा फुटबल प्रतियोगिता आयोजना गर्न पाएको छैन ।

दशरथ रंगशाला नेपाली फुटबलको ‘मक्का’ जस्तै हो । तर राष्ट्रिय टिमलाई ६ वर्षदेखि रंगशाला बिरानो जस्तै छ । दशरथ रंगशालामा हजारौं दर्शकलाई साक्षी राखेर खेलाडीले खेल्न पाएका छैनन् । कर्माछिरिङ शेर्पा नेतृत्वको कार्यसमितिले दशरथ रंगशालामा राष्ट्रिय फुटबल टिमको एउटै कार्यक्रम गर्न पाएको छैन । भनिन्छ, जबसम्म रंगशालामा राष्ट्रिय टिमले फुटबल खेल्दैन, माहोल फर्कदैन । एन्फा अध्यक्ष शेर्पा त्यही फुटबलको माहोल त्रिदेशीय प्रतियाेगितामार्फत फर्काउन चाहन्छन् । कोरोनाले थलिएको घरेलु खेलकुदलाई त्रिदेशीय फुटबलमार्फत उर्जा भर्ने अवसरको रुपमा एन्फाले लिएको छ ।

दोस्रो – फुटबल खेल मात्र हैन, पैसा पनि हो । चुनाव जितेको झण्डै तीन वर्षमा एन्फाले रंगशालामा फुटबल खेलाउन पाएन । अर्थात टिकटमार्फत पैसा उठाउन पाएको छैन । एन्फाको मुख्य आयस्रोत फिफा र एएफसीको बजेट हो । आम्दानीको अर्को स्रोत भनेको दशरथ रंगशालामा टिकटबाट उठ्ने पैसा पनि हो । अन्तराष्ट्रिय फुटबल नहुँदा एन्फाले टिकटबाटको आम्दानी गर्न पाएको छैन । बिज्ञापन, प्रशारण अधिकारको रकम उठाउन पाएको छैन । त्यसैले अर्वौको बजेट चलाउने एन्फा पनि आर्थिक दबाबमा छ । फिफा, एएफसीको अनुदान शीर्षक बाहिर खर्च गर्न नपाउने । थप कार्यक्रम सञ्चालन गर्न बजेट नहुने ।

आम्दानी हुने अन्तराष्ट्रिय फुटबल एन्फाको वर्तमान कार्यसमितिले सञ्चालन गर्न पाएको थिएन । आन्तरिक स्रोतको व्यवस्थापन गर्न नसक्दा उमेर समुहको साफ फुटबलको घोषित पुरस्कार समेत एन्फाले दिन सकेको छैन । खेलाडीलाई घोषित पुरस्कार दिन नसक्दा एन्फाको बेलाबेलामा आलोचना हुने गरेको छ । एन्फा त्रिदेशीय फुटबल प्रतियोगिता आयोजना गरेर केही रकम बचत गर्न चाहन्छ । सो रकमबाट उधारो पुरस्कार तिर्न चाहन्छ ।

तेस्रो – दशरथ रंगशाला तयार नहुँदा नेपालले विश्वकप छनोटका खेल देश बाहिर गएर खेल्न पर्यो । कुवेतसंगको 'होम म्याच' भुटानमा खेल्यो । अष्ट्रेलिया, जोर्डन र चाइनिज ताईपेलाई घरमा आतिथ्यता दिने बेला कोरोना आईहाल्यो । अन्तराष्ट्रिय उडानको प्रतिबन्ध र क्वारेन्टिनको समयका कारण विश्वकप छनोटका खेल प्रभावित बनेका छन् । नेपालले घरेलु मैदानमा खेल्ने तीन खेल दशरथ रंगशालामा नहुने सम्भावना देखिएको छ ।

कुवेतमा हुने गरि नयाँ तालिका सार्वजनीक गरिएको छ । तर एन्फाले लत्तो छाडेको भने छैन । विश्वकप छनोटका बाँकी खेल दशरथ रंगशालामै गराउन एन्फा प्रयासरत देखिन्छ । त्रिदेशीय फुटबल आयोजना गरेर एन्फा विश्वकप छनोटका बाँकी खेल नेपालमै आयोजना गर्न सक्षम रहेको सन्देश दिन चाहन्छ । त्यसका लागि आन्तरिक लबिङ समेत एन्फाले जारी राखेको छ । त्रिदेशीय फुटबलको सफल आयोजना गरेर एन्फाले पुन विश्वकप छनोटका बाँकी खेल नेपालमै आयोजनाका लागि दाबी प्रस्तुत गर्न चाहेको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किरण र विक्रम समूहबीच दरार आएकै हो ?

किरण र विक्रम समूहबीच दरार आएकै हो ?

आफ्नै निर्णयले संकटमा परेका इन्फान्टिनो

आफ्नै निर्णयले संकटमा परेका इन्फान्टिनो

ब्याटिङमा पहिचान गुमाएको नेपाल

ब्याटिङमा पहिचान गुमाएको नेपाल

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
जैब सुदूरपश्चिम फर्किए

जैब सुदूरपश्चिम फर्किए

८ महिनापछि राखेपको बोर्ड बैठक बस्दै

८ महिनापछि राखेपको बोर्ड बैठक बस्दै

७५ मिलियन युरोमा आर्सनल पुगे गिमारेस

७५ मिलियन युरोमा आर्सनल पुगे गिमारेस

मेसीबिनाको इन्टर मियामीलाई मोन्टेरेले हरायो

मेसीबिनाको इन्टर मियामीलाई मोन्टेरेले हरायो

बार्सिलोना र मोरक्कोको क्लबबीच तय प्रि–सिजन खेल स्थगित

बार्सिलोना र मोरक्कोको क्लबबीच तय प्रि–सिजन खेल स्थगित

रोबर्टो अब एलए ग्यालेक्सीमा

रोबर्टो अब एलए ग्यालेक्सीमा

अक्टोबरदेखि एनपीएल

अक्टोबरदेखि एनपीएल

अन्भीलाई स्वर्ण

अन्भीलाई स्वर्ण